गिद्धहरू जम्मा भएको देखेर तिमीहरू त्यहाँ सीनो छ भनेर जान्न सक्छौ त्यसैगरी मेरो आगंमन त्यस्तै प्रत्यक्ष हुनेछ।
Cross references
“परमप्रभुले तिमीहरूसित लडाँई गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछ तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ।
के तिमी मात्र हौ जसले गिद्धलाई आकाश माथि माथि उडन सिकायौ। के तिमीले त्यसलाई उच्च पर्वतहरूमा त्यसको गुँड बनाउन सिकायौ?
“परमप्रभु भन्नुहुन्छ, म धेरै जालहारीहरूलाई पठाउँनेछु।” “तिनीहरूले यहूदाका मानिसहरूलाई समात्नेछन्। तब म धेरै शिकारीहरूलाई पठाउनेछु, जसले तिनीहरूलाई पहाडमाथि प्रत्येक पर्वत अनि चर्केको चट्टानहरूमा शिकार गर्नेछन्।
मैले परमप्रभुलाई वेदीको छेउमा उभिएको देखें। उहाले भन्नुभयो, “संघार हल्लिञ्जेल र मानिसको टाउको चुर हुन्जेल खम्बामाथि ठोकाऊ। ती बाँचेकाहरुलाईतरवारले मार। भाग्नेहरु मारिनेछन्। कुनैमानिस पनि मेरो रिसबाट उम्कनेछैन।
चेलाहरूले येशूलाई भने, “यो कहाँ हुनेछ, प्रभु?”येशूले उत्तर दिनुभयो, “जहाँ लाश हुन्छ त्यहाँ गिद्धहरू भेला हुन्छन्।”