ती कानुनका शास्त्रीहरू र फरिसीहरू उत्सवहरूमा विशेष आसनहरू ओगट्न रूचाउँछन्। त्यसरी नै सभाघरहरूमा पनि मुख्य आसनहरू प्राप्त गर्न चाहन्छन्।
Cross references
राजाको अघि घमण्ड नगर, मुख्य मानिसहरूको महत्वपूर्ण स्थान नओगट।
येशूले सोध्नुभयो, “तिमी के चाहन्छौ?”उनले भनिन्, “तपाईंको राज्यमा यी मेरा छोराहरूमध्ये एकजनालाई तपाईंको दहिनेहातपटि र अर्कोलाई तपाईंको देब्रे हातपट्टि बस्न पाउन प्रतिज्ञा गर्नुहोस्।”
येशूले लगातार सिकाउनु भयो। उहाँले भन्नुभयो, “शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लामा वस्त्रहरू पहिरिएर आफूलाई प्रमुख देखाउनको निम्ति हिंडन मन पराउँछन। अनि तिनीहरू आफूलाई बजारमा हुँदा मानिसहरूले तिनीहरूलाई आदर गरून् भन्ने चाहन्छन्।
धिक्कार तिमा फरिसीहरूलाई तिमी सभा -घरमाहरूमा मुख्य-मुख्य आसनहरू मात्र चाहान्छौ। त्यसरीनै बजाहरूमा जाँदा मानसहरूले तिमीहरूलाई आदर गरून् भन्ने चाहन्छौ।
तब येशूले देख्नु भयो कि केही अतिथिहरूले असल कुर्सीहरू रोजिरहेका थिए। यसकारण उहाँले यो दृष्टान्त सुनाउनु भयोः
“व्यवस्थाका शास्त्रीहरूदेखि होशियार बस। तिनीहरू लामोलामा बस्त्र लगाएर वरिपरि घुम्न चहान्छन्। तिनीहरू बजारतिर जाँदा मानिसहरूले सम्मान गरून् भन्ने चहान्छन्। सभा-घरहरूमा मुख्य मुख्य आसन ओगट्न चहान्छन्। भोजहरूमा तिनीहरू अझ वेशी सम्मानित आसन ओगट्न चहान्छन्।
एका-अर्कामा दाज्यु-भाई, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ।
मेरा प्रिय दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, तिमीहरू हाम्रा गौरवमय प्रभु येशु ख्रीष्टका विश्वासीहरू हौ। यसर्थ यस्तो नसोच कि कोही मानिसहरू अन्य मानिसहरू भन्दा मुख्य छन्।
मैले मण्डलीलाई एउटा पत्र लेखँ। तर डियोत्रिफसले हामी जे भन्छौ त्यो सुनि रहेको छैन। उ सदैव तिनीहरुका नेता बन्न चाहन्छ।