Home Bibles मत्ती 20:31 · नेपाली बाइबल
मत्ती 20:31 · नेपाली बाइबल

सबै मानिसहरूले ती अन्धाहरूलाई हप्काए। तिनीहरूले ती अन्धाहरूलाई हल्ला गरेर विन्ती गर्न दिएनन्। तर ती अन्धाहरू अझ जोडले चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।”

Cross references

उत्पत्ति 32:25

त्यस मानिसले थाहा पायो ऊ याकूबलाई जित्नु योग्य छैन। यसैकारण उनले याकूबको नित्मबको खोपिल्टामा हिर्कायो। याकूबको नितम्ब जोर्नीबाट फूस्कियो जब ऊ त्यस मानिससंग कुश्ती लडदै थियो।

मत्ती 7:7

‘माँग, तब परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। खोजी गर तब तिमीहरूले पाउनेछौ। ढक्ढकाऊ, तब ढोका तिमीहरूको लागि उघ्रनेछ।

मत्ती 15:23

तर येशूले त्यस स्त्रीलाई जवाफ दिन एउटा शब्द पनि भन्नु भएन। अनि चेलाहरू उहाँकहाँ आएर बिन्ती गर्न लागे, “कृपया यो स्त्रीलाई पठाइदिनु होस, यसले हाम्रो पिछा गर्दै कराइरहेकी छे।”

मत्ती 19:13

त्यसपछि मानिसहरू आफ्ना बाल-बालिकहरूलाई लिएर येशूकहाँ गए ताकि उहाँले तिनीहरू माथि आफ्ना हात राखेर प्रार्थना गरिदिनु भएको चाहन्थ्यो। जब उहाँका चेलाहरूले यो देखे, तिनीहरूले मानिसहरूलाई हप्काएर त्यसो गर्न दिएनन्।

लूका 11:8

म के भन्दछु भने मित्रताको नाताले मात्र ऊ उठदैन अनि रोटी दिंदैनँ, तर उसलाई चाहिएको वस्तु यदि उसले लगातार मागिरह्यो भने उसको ढिट्पनाले गर्दा मित्रले उठेर मागेको कुरो दिनेछ।

लूका 18:1

त्यसपछि येशूले चेलाहरूलाई संधैं प्रार्थना गर्नु अनि कहिल्यै निराश नहुनु भनेर शिक्षा दिनुभयो। योशूले तिनीहरूलाई सिकाउन यस्तो दृष्टान्त भन्नुभयो

लूका 18:39

मानिसहरू जो भीड अगाडी थिए त्यो अन्धो मानिलाई गाली गर्न लागे। तिनीहरूले त्यसलाई नबोल्नु भने। तर त्यो अन्धो मानिस जोड जोडले चिच्यायो, “दाऊदका पुत्र! ममाथि दया गर्नोस्।”

कलस्सी 4:2

आफैलाई प्रार्थनामा अर्पण गर। अनि जब प्रार्थना गर्छौ सधैं परमेश्वरलाई धन्यवाद चढाऊ।

1 थिस्सलोनिकी 5:17

प्रार्थना गर्न कहिल्यै नछोड।

Interlinear

Choose Theme