Home Bibles मत्ती 19:27 · नेपाली बाइबल
मत्ती 19:27 · नेपाली बाइबल

पत्रुसले येशूलाई भने, ‘हामीले आफूसित भएका प्रत्येक कुरा त्यागेर तपाईंको पछि लाग्यौं। त्यसो भए हामीले के पाउनेछौ।’

Cross references

व्यवस्था 33:9

आमा-बाबुको विषयमा लेवीले भने, ‘तिनीहरूको निम्ति म वास्ता गर्दिनँ।’ उसले आफ्नो दाज्यू भाइको वास्ता गरेन आफ्नो बाल-बच्चाहरू चिनेन। तर उसले तपाईंका आज्ञाहरू पालन गरे, तपाईंको करार माने।

मत्ती 4:20

शिमोन र अन्द्रियास दुवैले आफ्नो जालहरू त्यति नै बेला छाडिदिए र येशूको पछिलागे।

मत्ती 9:9

जब येशू गइरहनु भएको थियो, उहाँले एकजना मत्ती नाम गरेको मानिसलाई भेटनु भयो। मत्ती महसूल उठाउने अड्डामा बसिहहेका थिए। येशूले भन्नुभयो, “मसित आऊ।” त्यसपछि मत्ती जुरूक्क उठे र येशूको पछि लागे।

मत्ती 20:10

त्यसपछि पहिले ल्याएका खेतालाहरूले आफ्ना खर्च पाए। तिनीहरूले पहिले पाएका खेतालाहरू भन्दा बढता ज्याला पाउने आशा गरेका थिए। तर तिनीहरूले पनि अरूलेपनि अरूले जस्तै एक-एकवटा चाँदीको सिक्का मात्र पाए।

मर्कूस 1:17

येशूले तिनीहरूलाई भन्नुभयो, “आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।”

मर्कूस 2:14

येशू तालतिर जानु हुँदै थियो, उहाँले अल्फयसको छोरो लेवीलाई देख्नुभयो; लेवी कर-कार्यलयमा बसिरहेको थियो। येशूले तिनलाई भन्नुभयो, “तिमी म संग हिंड।” लेवी जुरूक्कै उठ्‌यो, र येशूलाई पछ्याउन लाग्यो।

मर्कूस 10:28

पत्रुसले येशूलाई भने, “हामिले सब त्याग्यौ अनि तपाईंको अनुशरण गर्यौं।”

लूका 5:11

तिनीहरूले आफ्ना डुङ्गाहरू किनारमा ल्याए। अनि तिनीहरूले ती सबै छोडेर येशूको पछि लागे।

लूका 5:27

यसपछि येशू बाहिर जानु भयो अनि कर-कार्यालयमा एकजना कर-संग्रहकर्त्तालाई बसिरहेको देख्नु भयो। त्यसको नाउँ लेवी थियो। येशूले त्यसलाई भन्नु भयो, “मेरो पछि लाग।”

लूका 14:33

त्यसरी नै, तिमीहरूले पहिले योजना बनाउनु पर्छ। मलाई पछ्याउने हो भने तिमीहरूले प्रत्येक कुरालाई छाडनु पर्छ। नत्र तिमीहरू मेरो चेला बन्न सक्तैनौ।

लूका 15:29

त्यो छोरोले बाबुलाई भन्यो, मैले यत्रो र्वषसम्म नोकर झै तपाईंको सेवा गरें। मैले सधैं तपाईंको आज्ञा पालन गरें। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसंग भोज मनाउँन सक्थें।

लूका 18:28

पत्रुसले भने, “के हामीले सबै कुरा त्याग्यौं तपाईंको अनुयायी भएकाछौं?”

1 कोरिन्थी 1:29

उहाँको अधि कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नु भएको हो।

1 कोरिन्थी 4:7

तिमीहरू अरू भन्दा असल छौ भनेर कसले भन्छ? तिमीहरूसित के छ जो तिमीहरूलाई दिइएको होइन? यसैले जब तिमीहरूसित भएको हरेक थोक तिमीहरूलाई दिइएको हो भने ती आफ्नो शक्तिले अर्जेको जस्तो त्यसकोलागि किन घमण्ड गर्दछौ?

फिलिप्पी 3:8

त्यति मात्र होइन, म सम्झन्छु, मेरा प्रभु येशू ख्रीष्टको महानतालाई बुझ्नेको तुलनामा प्रत्येक कुरो नगन्य रहेछ। ख्रीष्ट भेट्टाउँ भनी मैले नै प्रत्येक कुरो छोडिदिएँ अनि अहिले ती सबे वेकार ठान्छु।

Interlinear

Choose Theme