तर येशू आफ्ना चेलाहरूकहाँ आउनुभयो। अनि तिनीहरूलाई छुनु भयो। उहाँले भन्नुभयो, “उठ। तिमीहरू डराउनु पर्दैन।”
Cross references
ऊ बोल्दा बोल्दै म भुइँमा अचेत भएर लडें। तर उसले मलाई समातेर म उभिएकै ठाउँमा फेरि उभ्याए।
जतिबेला म प्रार्थना गरिरहेको थिएँ तब तिनै मानिस गाब्रिएल, जसलाई मैले अघि दर्शनमा पनि देखेको थिएँ, सांझको बलिदानको समयमा चाँडो गरी उडदै मेरो छेउमा आए।
“तब एउटा हातले मलाई छोयो। म मेरो हात र घुडाँ टेकेर उभिएँ, म एकदमै डराएँ र म कामिरहेको थिएँ।
“एकपल्ट फेरि त्यो मानिस जस्तो देखिनेले मलाई छुए, मलाई जब उसले छुयो मैले झन असल अनुभव गरें।
तर येशूले तत्कालै भन्नुभयो, ‘साहसी होऊ यो म हुँ। डराउनु पर्दैन्।”
ती स्त्रीहरू अत्यन्त डरए, तिनीहरूले आ-आफ्ना शीर निहुराए। ती दुइ मानिसहरूले ती स्त्रीहरूलाई भने, “जीउँदो मानिसहरूलाई तिमीहरू किन मरकोहरूको माझमा खोजिरहेकाछौ?
उठ अनि शहर तर्फ जाऊ। त्यहाँ कसैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।”
जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखर भन्नुभयो, “भयभीत नहोऊ। म आदि अनि अन्त हुँ।