चेलाहरूले येशूलाई प्रश्न गरे, “किन व्यवस्थाका शास्त्रीहरूले ख्रीष्ट आउनुभन्दा पहिले एलिया आउनु पर्छ भनेका हुन्?”
Cross references
परमप्रभुले भन्नुभयो, “हेर, म अगमवक्तालाई तिमीहरू कहाँ पठाउँनेछु। परमप्रभुबाट त्यो महान अनि भयंकर न्यायको पहिला नै आउँनेछ।
यदि अगमवक्ता र व्यवस्थाले भनेका कुरामा तिमीहरू विश्वास गर्छौ भने, यूहन्नानै एलिया हो भनेर पनि तिमीहरूले विश्वास गर्नेछौ। व्यवस्था र अगमवक्ताहरूले उहाँ आउँनुहुन्छ भनेका छन्।
तब तिनीहरूले दुइजना मानिसहरूलाई येशूसँग बातचीत गरीरहेका देखे। तिनीहरू मोशा र एलिया थिए।
छेउमा उभिरहेका केही मानिसहरूले त्यो सबै सुने। तिनीहरूले भने, “उहाँले एलियालाई बोलाउनु हुँदैछ।”
तब तिनीहरूले उहाँलाई सोधे, “किन शास्त्रीहरूले पहिला एलिया आउनुपर्छ भनेका होलान्?”
यहूदीहरूले यूहन्नालाई सोधे, “तब तिमी को हौ? तिमा एलिया हौ?” यूहन्नाले उत्तर दिए, “होइन, म एलिया होइन।”यहूदीहरूले सोधे, “के तिमी अगमवक्ता हौ?”यूहन्नाले उत्तर दिए, “होइन, म अगमवक्ता होइन।”
तिनीहरूले यूहन्नालाई सोधे, “यदि तिमी ख्रीष्ट होइनौ, एलिया होइनौं, अगमवक्ता पनि होइनौ भने किन तिमी मानिसहरूलाई बप्तिस्मा दिन्छौ?”