मत्ती 16:5 · नेपाली बाइबल
येशू र उहाँका चेलाहरू गालील झीलको अर्कोतिर जानुभयो। तर चेलाहरूले आफूसंग रोटी लैजान भुले।
Cross references
मत्ती 15:39
जब तिनीहरूले खाए येशूले तिनीहरूलाई आ-आफ्नो घर पठाउनुभयो अनि उहाँ एउटा डुङ्गामा चढेर मग्दानको क्षेत्रमा जानुभयो।
मर्कूस 8:13
तब येशूले तिनीहरूलाई छोडनुभयो र डुङ्गामा चढनु भयो अनि समुद्रको अर्को तिर जानुभयो।
मर्कूस 8:14
डुङ्गामा भएको बेला चेलाहरूसंग खाली एउटा रोटी थियो। तिनीहरूले आफूसित धेरै रोटीहरू लैजान बिर्सेका थिए।