येशूले भन्नुभयो, “स्वर्गको मेरा पिताले नरोपेको प्रत्येक बोट उखेलिनेछ।
Cross references
परमप्रभुको मन्दिरमा रोप्न गरिएको धर्मी मानिसहरू हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेकाछन्।
“तिम्रा सारा मानिसहरू धार्मिक हुनेछन्। ती मानिसहरूले पृथ्वी फेरि प्राप्त गर्नेछन्। मैले ती मानिसहरू सृजना गरें। तिनीहरू अद्भूत बिरूवा हुन् त्यो मैले आफ्नै हातले बनाएको हुँ।
परमेश्वरले सियोनका दुखी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दुखमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई धार्मिकताका वृक्षहरू र ‘परमप्रभुको अद्भूत बोट नाउँ दिनलाई पठाउनु भयो।’
सामाहरू बटुले पछि ती अगोमा जलाइनेछन्, संसारको अन्त्यमा पनि त्यस्तै हुनेछ।
म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ।
यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाँगा जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाँगा मर्दछ। मानिसहरूले त्यस्तो मरेको हाँगाहरू टिपेर आगोमा हालिदिन्छन् र तिनीहरू जल्छन्।
हामी केवल परमेश्वरको साथ काम गर्ने खेतालाहरू हौं।अनि तिमीहरू परमेश्वरका खेत जस्तै हौ र घर हौ जो परमेश्वरका हो।
त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ।