तर मानिसहरूदेखि उसलाई डर थियो। मानिसहरूले यूहन्नालाई एकजना अगमवक्ता भनी विश्वास गरेका थिए।
Cross references
यदि यसो होइन भने के हेर्नलाई तिमीहरू बाहिर निस्केका हौ? कुनै एक अगमवक्तालाई? हो, म भन्दछु, एक आगमवक्ता भन्दा महान यूहन्ना नै हुन्।
यदि हामीहरूले ‘यो बप्तिस्मा मानिसबाटै भएको थियो,’भन्यौ भने सबै मानिसहरू हामीहरूसँग रिसाउने छन्। हामी मानिसहरूबाट सावधान हुनुपर्छ किनभने तिनीहरू सबै यूहन्नालाई अगमवक्ता हो भनेर विश्वास गर्छन्।”
यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।
यसैकारणले गर्दा हेरोदियासले यूहन्नालाई घृणा गर्न थालेकी थिइन। अनि हेरोदियास उसलाई मार्न चाहन्थिइन। तर हेरोदियासले यूहन्नालाई मार्न सकेकी थिइनन्।
यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो वा मानिसबाट भएको हो? मलाई जवाफ देऊ?
निस्तार र अखमिरी रोटीको चाडको निम्ति अब केवल दुइ दिन बाँकि थियो। मुख्य पूजाहारीहरू र शास्त्रीहरू येशूलाई पक्रन अनि मार्ने जाल साजीको भयानक खोजमा थिए।
तर यदि हामीले भन्यौं, ‘यूहन्नाको बप्तिस्मा मानिसद्वारा भएको हो, तब सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ताको रूपमा विश्वास गर्छन्।”
यहूदी अगुवाहरूले तिनीहरूलाई दण्ड दिने कुनै त्यस्तो आधार पाएनन् किनभने जे भएको थियो त्यसमा सबै मानिसहरू परमेश्वरको प्रशंसा गरिरहेका थिए।
त्यसपछि कप्तान र उनका मानिसहरू बाहिर निस्के अनि प्रेरितहरूलाई पक्रे अनि तिनीहरूलाई ल्याए। तर सिपाहीहरूले तिनीहरूलाई केही बलजफ्ती गरेनन्, किनभने तिनीहरू जनतासंग डराउँथे। सिपाहीहरू डराए किनभने मानिसहरू क्रोधित हुनेछन् अनि तिनीहरूलाई ढुङ्गा हान्नेछन्।