Home Bibles ☰ Books मत्ती 14:13 · नेपाली बाइबल
मत्ती 14:13 · नेपाली बाइबल

जब येशूले युहन्नामाथि भएका घटनाहरू सुन्नुभयो, उहाँ एउटा नाउमा चढेर निर्जन ठाउँमा जानूभयो। जब मानिसहरूले येशू गइसक्नु भएको कुरा थाहा पाए। तिनीहरूले आफ्नो शहर छाडेर जमीनको बाटो भएर येशूलाई पछ्याए।

Cross references

मत्ती 10:23

जब एउटा शहरबाट तिमीहरू खेदिनेछौ तब अर्कौ शहरमा जाऊ। म तिमीहरूसित साँचो भन्दछु। मानिसको पुत्र आउन अघि नै तिनीहरू इस्राएलको सबै शहरहरू भएर गइ सकेको हुनेछैनौ।

मत्ती 12:15

फरिसीहरूले के गर्न लगिरहेका थिए सो येशुलाई थाहा भयो। अनि उहाँले त्यो ठाउँ छोडनुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। उहाँले सबै रोगीहरूलाई निको पारी दिनुभयो।

मत्ती 14:1

त्यस समयमा हेरोदले, गालिलका शासकबाट येशूको बारेमा खबर सुनेका थिए।

मत्ती 15:32

येशूले आफ्ना चेलाहरुलाई बोलाएर भन्नुभयो, ‘यी मानिसहरूलाई देखेर मलाई दया लागेको छ। अहिले तिनीहरू मसँग तिनदिनदेखि छन्, अनि तिनीहरूको खानेकुरा छैन। म तिनीहरूलाई भोकै पठाउन् चाहन्न घर जाने बाटोमा तिनीहरू मुर्छा पर्न सक्छन्।’

मर्कूस 6:30

येशूले पठाउनु भएका प्रोरितहरू फर्केर उहाँ कहाँ आइपुगे। तिनीहरू उहाँको वरिपरि भेला भए, अनि तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई सुनाए।

लूका 9:10

जब प्रेरितहरू र्फकि आए, तिनीहरूले गरेका सम्पूर्ण विवरण सुनाए। त्यसपछि येशूले तिनीहरूलाई बेत्सैदा भन्ने एउटा शहरमा सुटुक्कै लिएर जानभयो।

यूहन्ना 6:1

यसपछि, येशू गालील, अर्थात् तिबेरियसको झील पारि जानुभयो।

Interlinear

Choose Theme