तब येशूले मानिसहरूलाई अर्को उखान भन्न भयो। ‘स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो।
Cross references
त्यस मानिसले अझ 1,000 हात नाप्यो। तर त्यहाँ पानी तर्न नसकिने गहिरो थियो। पानी त्यहाँ खोलामा परिणत भएको थियो। त्यहाँ पौडी खेल्नलाई प्रशस्त पानी थियो। खोला यति गहिरो थियो कि त्यहाँबाट तर्न सकिँदैनथ्यो।
त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो,
येशूले जवाफ दिनुभयो, ‘तिमीहरूले भूत भगाउन सकेनौ, किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ म तिमीहरूलाई साँचो भन्दछु।
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सकछौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौ?
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य के जस्तो छ? त्यसलाई म केसित तुलना गरूँ?
प्रभुले भन्नुभयो, “यदि तिमीमा रायोको गेडा जत्रो मात्र विश्वास छ भने, तिमीहरू त्यस कालो किम्बुको रूखलाई भन्न सक्छौ, तँ आफै उखेलिएर समूद्रमा रोपिन जा! अनि त्यो रुखले तिमीहरूको आज्ञा पालन गर्नेछ।विश्वासी नोकर हुने चेष्टा गर
येशू यरूशलेम नजीकै पुग्नु भएको थियो। कोही मानिसहरूले सोचे कि परमेश्वरको राज्य झैट्टै आउँदैछ।
त्यसपछि येशूले दृष्टान्त कथा सुनाउनुभयष्ठ्वो, “एकजना मानिसले खेतमा दाखहरू रोपे। उसले आफ्नो खेत केही खेतीवालहरूलाई किरायमा दिए। त्यसपछि ती मानिस धेरै समयको लागि बाहिर गए।