Home Bibles ☰ Books मत्ती 12:26 · नेपाली बाइबल
मत्ती 12:26 · नेपाली बाइबल

यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ?

Cross references

मत्ती 4:10

येशूले शैतानलाई भनुभयो, “म देखि टाढा भइहाल, शैतान। धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत् गर्नु पर्छ अनि उहाँकै मात्र सेवा गर्न पर्छ।”

यूहन्ना 12:31

अब संसार (दुष्ट) को न्याय गर्ने बेला आयो। अब यस संसारको शासक फ्याँकिनेछ।

यूहन्ना 14:30

तिमीहरूसंग कुरा गर्ने समय छैन। यो संसारको शासक आइरेहछ । तर ममाथि उसको अधिकार चल्दैन।

यूहन्ना 16:11

अनि सहायकले न्यायको विषयमा सत्य कुराको प्रमाण संसारलाई गराउने छ, किनभने यस संसारको शासकलाई पहिल्यै नै जाँची सकेकोछ।

2 कोरिन्थी 4:4

यस संसारको शासनकर्त्ता जसले विश्वास गर्दैनन् ती मानिसहरूको मन अन्धा बनाइदिएको छ। यसर्थ तिनीहरूले ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्तैनन्। ख्रीष्ट नै एक हुनुहुन्छ जो एकदमै परमेश्वर जस्ता हुनुहुन्छ।

कलस्सी 1:13

अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ।

1 यूहन्ना 5:19

हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ।

प्रकाश 9:11

ती सलहहरुका राजा थियो। त्यो राजा अतल खाडलको स्वर्गदूत थियो। हिब्र भाषामा उसको नाउँ एबिड्डोनथियो। यूनानी भषामा त्यसको नाउँ अपोल्लियोन थियो।

प्रकाश 12:9

त्यो विशाल सर्प त्यसका दूतहरु सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरु पनि उसंगै पृथ्वी तल फालियो।

प्रकाश 16:10

पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरुले कष्टमा आफ्ना जिब्रो टोके।

प्रकाश 20:2

त्यो स्वर्गदूतले त्यो विशाल सर्पलाई पक्रे। त्यो विशाल सर्प दानव अथवा शैतान हो। त्यो स्वर्गदूतले त्यसलाई त्यो साङलोले एक हजार र्वषको निम्ति बाँधे।

Interlinear

Choose Theme