फिलिप र बारथोलोमाइ; थोमा, महसूल उठाउने मत्ती; अल्फयसको छोरो याकूब, र थेदियस;
Cross references
जब येशू गइरहनु भएको थियो, उहाँले एकजना मत्ती नाम गरेको मानिसलाई भेटनु भयो। मत्ती महसूल उठाउने अड्डामा बसिहहेका थिए। येशूले भन्नुभयो, “मसित आऊ।” त्यसपछि मत्ती जुरूक्क उठे र येशूको पछि लागे।
मरियम मग्दलिनि, याकूब र यूसुफकी आमा मरियम अनि जब्दीका छोराहरूकी आमा ती स्त्रीहरू मध्ये थिए।
येशू तालतिर जानु हुँदै थियो, उहाँले अल्फयसको छोरो लेवीलाई देख्नुभयो; लेवी कर-कार्यलयमा बसिरहेको थियो। येशूले तिनलाई भन्नुभयो, “तिमी म संग हिंड।” लेवी जुरूक्कै उठ्यो, र येशूलाई पछ्याउन लाग्यो।
अन्द्रियास, फिलिप, बारथोलोमाई, मत्ती, थोमा, याकूब (अल्फयसको छोरो,) थेदियस, सिमोन कनानी,
यसपछि येशू बाहिर जानु भयो अनि कर-कार्यालयमा एकजना कर-संग्रहकर्त्तालाई बसिरहेको देख्नु भयो। त्यसको नाउँ लेवी थियो। येशूले त्यसलाई भन्नु भयो, “मेरो पछि लाग।”
शिमोन (येशूले तिनलाई पत्रुस नाउँ राख्नु भएको थियो) र आन्द्रियास पत्रुसको भाई, याकूब र यूहन्ना, फिलीप र बर्थुलमाई,
अर्को दिन गालील जान येशूले निश्चय गर्नुभयो। येशूले फिलिपलाई भेटनुभयो र भन्नुभयो “मलाई पछ्याउ।”
येशूले आफ्नो नजर उठाउनु भयो अनि धेरै मानिसहरू उहाँकहाँ आइरहेको देख्नु भयो। येशूले फिलिपलाई भन्नुभयो, “हामीले तिनीहरूलाई खुवाउनको निम्ति रोटीहरू कहाँ किन्न सक्छौं?”
तब थोमाले (जसलाई दिदिमस भनिन्थ्यो) अन्य चेलाहरूलाई भने, “हामी पनि जानेछौं अनि येशूसंगै यहूदियामा मर्नेछौं।”
ती ग्रीकका मानिसहरू फिलिपकहाँ गए। फिलिप गालीलमा बेत्सैदाबासी थिए। ग्रीक मानिसहरूले भने, “महोदय, हामी येशूलाई हेर्न चाहन्छौ।”
येशूले जवाफ दिनु भयो, “फिलिप धेरै समयदेखि म तिमीहरूसंगै छु र पनि मलाई चिन्दिनौ भन्छौ? जसले मलाई देखेकोछ उसले मेरो पितालाई पनि देखेकोछ। यसर्थ तिमी कसरी भन्छौ, ‘हामीलाई पिता देखाउनु होस्?’
तब यहूदाले (इस्करियोत यहूदा होइन) भन्यो, “तर प्रभु किन तपाईंले आफूलाई हामी समक्ष प्रकट गर्नुहुन्छ र संसार समक्ष किन गर्नुहुन्न?”
थोमा जसलाई दिदुमस भनिन्छ, येशू चेलाहरूकहाँ आउनु हुँदा थिएनन्। बाह्रजना मध्ये थोमा एकजना थिए।
केही चेलाहरू भेला भएका थिए। तिनीहरू शिमोन पत्रुस, थोमा (दिदुमस भनिने), गालीलको कानाका नथानेल, जबदीका दुइ छोराहरू र अन्य दुइजना उहाँका अन्य चेलाहरू त्यहाँ थिए।
प्रेरितहरू शहरभित्र पसे। तिनीहरू त्यही ठाउँमा गए जहाँ तिनीहरू बसेका थिए; यो कोठा माथिल्लो तलामा थियो। प्रेरितहरू थिए पत्रुस, यूहन्ना, याकूब अन्द्रियास, फिलिप, थोमा, बर्थुलमै, मत्ती, याकूब (अल्फयसको छोरो) र शिमोन (कनानी) र यहूदा (याकूबको छोरो)।
पत्रुसले हातको ईशारा गरेर तिनीहरूलाई चूपचाप बस्नु भने। उनले, कसरी परमप्रभुले उनलाई जेलबाट मुक्त गराइदिनु भयो, वर्णन गरे। उनले भने, “याकूब र अन्य दाज्यू-भाइहरूलाई पनि बताइदिनु।” पछिबाट पत्रुस अर्को ठाँउ तर्फ लागे।
तिनीहरूले भनी सकेपछि याकूबले भने, “मेरा दाज्यु-भाईहरू, ध्यान लगाएर मेरो कुरा सुन।
अर्कोदिन, याकूबलाई भेट्न पावल हामीसंग गए। सबै अग्रजहरू पनि त्यहाँ थिए।
मैले अरू प्रेरितहरूलाई भेटिनँ-खालि याकूबलाई भेटे जो प्रभुका भाइ हुन्।
याकूब, पत्रुस र यूहन्ना अगुवा जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्णाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, “पावल र बर्णाबास, हामी मान्छौं कि तिमीहरू ती मानिसहरूकहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।”
परमेश्वर अनि परमप्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादनपरमेश्वरको सम्पूर्ण मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएका छन् अभिवादन!
येशू ख्रीष्टको दास अनि याकूबको एक भाइ, यहूदाबाट। ती सबै मानिसहरु प्रति जो परमेश्वरद्वारा चुनिएकाछन्. पिता परमेश्वरले तिमीहरुलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरु येशू ख्रीष्टको विश्वासमा सुरक्षित राखिएका छौ।