तर येशूले ठिटोको हात समात्नु भयो अनि त्यसलाई उठ्नलाई मदत गर्नुभयो।
Cross references
म परमप्रभु तिम्रो परमेश्वर हुँ। मैले तिम्रो दाहिने हात समाति रहेकोछु। अनि म तिमीलाई भन्दछु नडराऊ। म तिम्रो साथमा हुनेछु।
त्यसपछि येशू तिनको ओछ्यान छेउमा जानुभयो। येशूले ती स्त्रीको हात समात्नु भयो, अनि तिनलाई उठ्न सहायता गर्नुभयो। यसो गर्ने बित्तिकै जरो हरायो। तिनी जाति भइन्। त्यसपछि तिनले उहाँको सेवा गरिन्।
येशूलाई त्यस मानिसप्रति दया लग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ।”
अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”)
अनि येशूले अन्धो मानिसको हात समातेर उसलाई गाउँ बाहिर लैजानू भयो। त्यस मानिसका आँखाहरूमा थुक्नु भयो अनि आफ्ना हातहरू त्यसमाथि राख्नु भयो, अनि अन्धालाई सोध्नुभयो, “तिमीले देख्न सक्छौ अहिले?”
त्यसपछि पत्रुसले त्यस मानिसको दाहिने हात पक्रेर उठाए अनि अचानक उसको खुट्टा अनि गोली गाँठाहरू बलियो भयो।
पत्रुसले तिनलाई हातको साहारा दिएर उठाए। त्यसपछि उनले विश्वासीहरूलाई डाके, विधुवीहरूलाई कोठाभित्र बोलाए। तिनले तबिता जीउँदो भएकी तिनीहरूलाई देखाए!
सेनापतिले त्यस जावन मानिसलाई एकांत ठाउँमा लगे, जहाँ उनीहरू खुलासंग बात मार्न सक्थे। सेनापतिले भने, “तिमीले मलाई केही भन्न चाहन्छौ?”