सबै मानिसहरूले खाए अनि तृप्त भए। तब उब्रिएका रोटीका टुकाहरू चेलाहरूले बटुलेर सात टोकरी भरे।
Cross references
परमप्रभु इस्राएलका परमेश्वर भन्नु हुन्छ, ‘त्यो भाँडोको पिठो कहिले रित्तो हुनेछैन। ढुंग्रोको तेल कहिले कमि हुने छैन। परमप्रभुले वर्षा नपठाएको दिनसम्म यो चलि रहने छ।”‘
एलीशाले जवाफ दिए, “म कसरी तिम्रो मद्दत गर्न सक्छु? मलाई भन, तिमीसँग घरमा के छ?”आइमाईले भनी, “मसित घरमा केही छैन। मसित एउटा भाँडोमा भद्रक्षको तेल मात्र छ।”
बाल शालीशाहबाट एक जना मानिस आए अनि परमेश्वरको जन (एलीशा)का लागि पहिलो फसलको रोटी ल्याए। यस मानिसले 20 वटा जौंका रोटीहरू अनि नयाँ अन्न आफ्नो बोरामा ल्याए, तब एलीशाले भने, “यो भोजन मानिसहरूलाई देऊ, तिनीहरूले खान सकुन्।”
उहाँको अनन्त प्रेमको निम्ति उहाँले सृजना गर्नु भएका आश्चर्यकामहरूको निम्ति उहाँलाई धन्यवाद देऊ।
परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्।
अनि त्यसरीनै चार हजार मानिसहरूले सातवटा रोटी खाएको कुरा र कति टोकरी तिमीहरूले बटुल्यौ, तिमीहरूलाई थाहा छैन?
मैले पाँचवटा रोटीलाई पाँच हजार मानिसहरूको माझमा बाँडको थिएँ तिमीहरूलाई थाहा छैन? कति टोकरी भरियो थाहा छैन। उब्रेका रोटीहरू बटुल्यै?”चेलाहरूले उत्तर दिए, “हामीले बाह्र टोकरी खाना बटुल्यौं।”
उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ। तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ।
येशूले रोटी लिनु भयो र परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुभयो, अनि त्यहाँ बसेका जम्मैलाई रोटी बाडनु भयो। माछा पनि त्यसरीनै बाँडनु भयो। येशूले मानिसहरूलाई जति चहान्थे त्यति नै दिनु भयो।
जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र संग छन्।”
येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ।
म तिमीहरूलाई साँचो भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन हुनेछ।
तिनीहरुले कहिल्यै भोकाएको महशुस गर्ने छैनन्। तिनीहरु फेरि कहिल्यै तृषित हुने छैनन्। सूर्यले तिनीहरुलाई कहिले क्षति पुर्याउने छैन। तिनीहरुलाई र्गमिले पोल्ने छैन।