Home Bibles मर्कूस 8:4 · नेपाली बाइबल
मर्कूस 8:4 · नेपाली बाइबल

येशूका चेलाहरूले भने, “तर हामी कुनै पनि शहरभन्दा टाढा छौं। यति धेरै मानिसहरूको लागि त्यत्ति धेरै रोटीहरू कहाँ पाइएला?”

Cross references

गन्ती 11:21

तब मोशाले भने, “अहिले मसित पैदल हिडने 600,000 मानिसहरू छन् अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई पुरै एक महीना मासु खान दिन्छु।’

2 राजा 4:42

बाल शालीशाहबाट एक जना मानिस आए अनि परमेश्वरको जन (एलीशा)का लागि पहिलो फसलको रोटी ल्‌याए। यस मानिसले 20 वटा जौंका रोटीहरू अनि नयाँ अन्न आफ्नो बोरामा ल्याए, तब एलीशाले भने, “यो भोजन मानिसहरूलाई देऊ, तिनीहरूले खान सकुन्।”

2 राजा 7:2

तब राजाको छेऊमा भएका अधिकारीले परमेश्वरका जनलाई उत्तर दिए। अधिकारीले भने, “यदि परमप्रभुले अकाशमा झ्याल बनाए भने पनि यस्तो हुन सक्दैन।”एलीशाले भने, “तिमीले यसलाई आफ्नै आँखाले देख्ने छौ। तर तिमी त्यस खाद्य मध्ये केही पनि खान पाउने छैनौ।”

भजनसंग्रह 78:19

तिनीहरूले परमेश्वर बारे गुनासो गरे अनि भने, “के मरूभूमिमा परमेश्वरले हामीलाई खाना व्यवस्था गर्न सक्नु हुन्छ?

मत्ती 15:33

चेलाहरूले येशूलाई सोधे, “यी मानिसहरूलाई खुवाउन यति विघ्न भोजन हामी कहाँ पाउन सक्छौ? शहरदेखि हामी धेरै टाढा छौं।”

मर्कूस 6:36

यसकारण यी मानिसहरूले, खानाका निम्ति केही किन्न छेउछाउका वस्ती र शहरमा जानलाई पठादिनु होस्।”

मर्कूस 6:52

तिनीहरूले येशूले पाँचवाटा रोटीलाई धेरै पारेका देखेका थिए। तर यसको अर्थ के हो भनेर तिनीहरू जान्दैनन् थिए। तिनीहरू यी सब बुझ्नलाई योग्य थिएनन्।

यूहन्ना 6:7

फिलिपले उत्तर दिए, “यदी हामी सबैले महिनाभरि काम गर्यौ भने पनि प्रत्येकलाई एक एक टुक्रा रोटी दिने पैसा पुग्ने छैन।”

Interlinear

Choose Theme