केही बीऊहरू चट्टान भएको भूईमा छरिए जहाँ त्यत्ति माटो थिएन। माटोको गहिराई नभएकोले त्यहाँ छिट्टै ती बिरूवाहरू उम्रे।
Cross references
म तिनीहरूलाई एकैसाथ ल्याउँनेछु अनि तिनीहरूलाई एउटै मानिस जस्तै बनाउँनेछु। म तिनीहरूमा नँया आत्मा भर्नेछु। म तिनीहरूको ढुङ्गाको हृदय तोडेर त्यो ठाँउमा साँचो हृदय भरिदिनेछु।
परमेश्वरदले भन्नुभयो, “म तिमीहरूमा एउटा नयाँ आत्मा पनि भर्छु अनि तिम्रो सोचाई पनि बद्लि गरिदिन्छु। म तिम्रो शरीरबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिन्छु।
धर्म रोप तब तिमीले स्थिर मायाको बाली उठाउनेछौ। खेत आफैले जोत। यो परमप्रभुलाई खोज्ने समय हो। उहाँ आउनु हुनेछ अनि तिमीमाथि धर्म बर्साउनु हुनेछ।
के घोडाहरु चट्टानमाथि दर्गुछ? अहँ। के कुनै मानिसले समुद्रमाथि गोरू जोत्छ? अहँ, तर पनि तिमीहरुले प्रत्येक चिज उल्टा पुल्टा गरिदिन्छौ। तिमीले तराम्रो अनि न्यायलाई विषमा परिणत गरिदिन्छौ र धर्मलाई तितेपाती जस्तै तितो बनाई दिन्छौ।
केही बीऊहरुनभएको कारणले बीऊहरू चाडै उम्रनथाले जट्टानमय खेतमा झरे। जमीन त्यत्ति गहिरो थिएन।
अनि चट्टानमय भूमिमा खसेको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू त्यो मानिस जस्तै हुन् जसले उपदेश सुन्छ अनि आनन्दसित तुरन्तै ग्रहण गर्दछ।
अरूहरू चट्टान भएको माटोमा छरिएका बीऊहरू जस्तै हुन तिनीहरू वचन सुन्दछन् अनि तत्कालै आनन्दसाथ स्वीकार गर्दछन्।
केही बीऊहरू चट्टानमा छरिए। ती बीऊहरू उम्रन थाले पनि चिसोपनको अभावले सुकी गए।
तर चट्टानमा झरेको बीऊर चाँहि के हुन्? तिनीहरू चाँहि परमेश्वरको वचनहरू सुन्नेहरू जस्तै हुन अनि खुशीसंग ग्रहण गर्छन्। तर ती मानिसहरू गहिरो हुँदैन। तिनीहरू केही समय सम्म मात्र आफ्नो विश्वासमा रहनेछ। त्यसपछि जब केही परीक्षा आउँछ, तिनीहरू विश्वास गर्न छोडछन् अनि परमेश्वरदेखि टाढा बस्छन्।