त्यसदिन साँझमा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी समूद्र पारि जाउँ।”
Cross references
येशूले देख्नुभयो आफूलाई धेरै मानिसहरूले घेरेका थिए। अनि आफ्ना चेलाहरूलाई झीलको अर्को तिर जान लगाउनु भयो।
येशू एउटा डुङ्गामा चढनुभयो र उहाँको चेलाहरू पनि उहाँको पछि लागे।
तब येशूले चेलाहरूलाई डुङ्गामा चढेर झीलको अर्कोतर्फ जान लगाउनु भयो। उहाँले आफू पछि आउने कुरा भन्नुभयो। मानिसहरूलाई घर पठाउनका निम्ति येशू त्यहाँ बस्नुभयो।
येशु डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए।
तब, येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढेर बेत्सैदामा समुद्रको अर्कोतर्फ जान लगाउनु भयो। केहीसमय पछि उहाँ आउनेछु भनी उहाँले भन्नु भयो। उहाँ ती सबै मानिसहरूलाई आ-आफ्ना घर पठाउन चाहनु हुन्थयो।
तब येशूले तिनीहरूलाई छोडनुभयो र डुङ्गामा चढनु भयो अनि समुद्रको अर्को तिर जानुभयो।
एक दिन येशू अनि चेलाहरू एउटा डुङ्गामा चढे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ मसित झीलको अर्को पट्टि जाऔं।” अनि तिनीहरू हिंडन थाले।
उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ?चेलाहरू डराए अनि चकित भए। तिनहरू आपसमा कूरा गर्न लागे, “उहाँ कस्ता मानिस हुनुहुन्छ? उहाँ आँधी र छाललाई आज्ञा दिनु हुन्छ अनि तिनीहरू पनि उनको आज्ञा पालन गर्छन्।”
यसपछि, येशू गालील, अर्थात् तिबेरियसको झील पारि जानुभयो।
यसबेला अन्ध्यारो भइसक्दा पनि येशू र्फकनु भएको थिएन। चेलाहरू डुङ्गामा चढे अनि कफर्नहुम जान लागे। कफर्नहुम समुद्रको अर्को पट्टि थियो।
मानिसहरूले येशूलाई समुद्र पट्टि देखे। तिनीहरूले उहाँलाइ सोधे, “रब्बि, तपाईं यहाँ कहिले आई पुग्नु भयो?”