मर्कूस 4:18 · नेपाली बाइबल
अरू मानिसहरू काँढाघारीमा परेको बीऊहरू जस्तै हुन, तिनीहरू वचनहरू सुन्द्छन्।
Cross references
यर्मिया 4:3
परमप्रभुले यही कुराहरू यहूदा र यरूशलेमलाई भन्नुभयो“तिम्रा खेतहरू जोत! काँढाहरू माझ बीऊहरू नछर।
मत्ती 13:22
अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निस्सासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन।
मर्कूस 4:7
कतिपय बीऊहरू काँडाघारीमा पर्यो, जब काँडाहरू बढे आए, ती बिरूवाहरूलाई त्यसले राम्ररी बढन दिएन। अनि ती बिरूवाहरूमा फल लाग्न सकेन।
लूका 8:14
काँढाघारीमा झरेको बीऊहरू चाँहि के होलान? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछन्, तर तिनीहरू जीवनका चिन्ता, धन, सुख चैनमा परेर निसासिन्छन्। त्यसैले तिनीहरूबाट फलहरू लाग्न पाऊँदैन।