Home Bibles ☰ Books मर्कूस 3:29 · नेपाली बाइबल
मर्कूस 3:29 · नेपाली बाइबल

तर पवित्र आत्माका विरुद्ध कसैले गरेका खराब कुराहरू कहिल्यै क्षमा हुनेछैन। किनभने उ सधैं त्यो पापको दोषी बन्नु पर्नेछ।”

Cross references

मत्ती 12:31

यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन।

मत्ती 25:46

त्यसपछि ती दुष्ट मानिसहरू सदा-सर्वदा दण्डित हुनको निम्ति जाने छन्। तर असल मानिसहरू चाँहिअनन्त जीवन 2प्राप्त गर्न जानेछन्।”

मर्कूस 12:40

तिमीहरू विधवाहरूसंग कप्टयाइँ गर्दछन् र तिनीहरूलाई लुट्छन्। अनि आफैले लोकचारको निम्ति लामो लामो प्रार्थनाहरू गर्ने गर्दछन्। परमेश्वरले तिनीहरूलाई धेरै दण्ड दिनुहुनेछ।”

लूका 12:10

“यदी कसैले मानिसको पुत्रको विरूद्धमा कुरा गरे त्यसलाई क्षमा हुनेछ। तर यदि कुनै मानिसले पवित्र आत्माको विरूद्ध निन्दा गरे त्यो क्षमा हुनेछैन।

2 थिस्सलोनिकी 1:9

तिनीहरूलाई अनन्त विनाशको दण्ड दिइनेछ। तिनीहरूलाई प्रभुसित बस्न दिइनेछैन। उहाँका सर्वोच्च शक्तिदेखि धेरै टाड तिनीहरूलाई राखिनेछ।

यहूदा 1:7

सदोम अनि गमोरा शहरहरु अनि वरिपरिका अन्य शहरहरुलाई स्मरण गर। तिनीहरु पनि ती स्वर्गदूतहरु जस्तै हुन्। ती शहरहरु व्यभिचार अनि अ-प्राकृतिक आनन्द मनाइरहेका थिए। तिनीहरुले अनन्त जलनको दण्ड भोग्छन्। तिनीहरुको दण्ड हाम्रो निम्ति उदाहरण हो।

यहूदा 1:13

तिनीहरु समुद्रका भयानक छाल जस्तै हुन्। छालले फिँज सृष्टि गर्छ। यी मानिसहरुले, छालले फिँज उत्पन्न गरे भै लज्जापूर्ण कुराहरु गर्छन्। यी मानिसहरु ती ताराहरु जस्तै हुन् जो आकाशमा निरुद्देश्य घुम्छन्। तिनीहरुको निम्ति चुक झैं कालो ठाँउ सदैवको लागि राखिएको छ।

Interlinear

Choose Theme