अब जाऊ अनि उहाँका चेलाहरूलाई खबर गर। अनि पत्रुसलाई पनि भनिदेऊ। तिनीहरूलाई भनिदेऊ, येशू गालील जानु भइरहेकोछ। तिनीहरू पुग्नु भन्दा अघिनै उहाँ त्यहाँ हुनुहुनेछ। उहाँले अघिबाटै तिमीहरूलाई भने झैं उहाँलाई त्यहाँ देख्न पाउने छौ।”
Cross references
तर म मरेपछि, म मृत्युदेखि बौरी उठ्नेछु। त्यसपछि म गालील जानेछु । तिमीहरू पुग्नुअघिनै म त्यहाँ जानेछु।”
अनि झट्टै गएर उहाँका चेलाहरूलाई भनिदेऊ। तिनीहरूलाई भन्, “येशू पुनर्जीवित हुनु भएको छ। उहाँ गालीलतिर जानुभएको छ। त्यहाँ तिमीहरूको अघि नै उहाँ पुग्नु हुनेछ। त्यहाँनै उहाँलाई तिमीहरूले देख्न पाउनेछौ।”‘ फेरि ती स्वर्गदूतले भने, “मैले तिमीहरूलाई भनिदिएको छु।”
अनि येशूले तिनीहरूलाई भन्नुभयो, “डराउनु पर्दैन। जाऊ अनि मेरा भाइहरूलाई गालीलमा जान भनिदेऊ। तिनीहरूले मलाई त्यहाँ देख्न पाउनेछन्।”यहूदी प्रमुखहरूलाई सूचना
एघारजना चेलाहरू गालील गए।
तर म मरेपछि, फेरि मृत्युबाट बौरीनेछु। त्यसपछि म गालील जानेछु। तिनीहरू त्यहाँ पुग्न अघि नै म त्यहाँ पुगेको हुनेछु।”
“त्यसपछि सबै चेलाहरूले उहाँलाई छोडेर भागे।
त्यति बेला पत्रुस आँगनमा नै थिए। प्रधान पूजाहारीको एकजना नोकर्नी केटी त्यहाँ आई।
त्यसपछि, येशू फेरि आफ्ना चेलाहरू समक्ष देखा पर्नु भयो। त्यो तिबिरियास झीलको छेउमा भएको थियो। यो यसरी हुन गयो।
यस घटना पछि, धेरै दिन, मानिसहरू जो-जो येशूसंग गालिलीदेखि यरूशलेमसम्म साथ गएका थिए उनीहरूले उहाँलाई देखे। अहिले ती मानिसहरू नै उहाँको अरू मानिसहरूका निम्ति गवाही हुन्।
अनि पत्रुसकहाँ र पछि बाह्र जना प्रेरितहरकहाँ एउटै समयमा ख्रीष्ट देखा पर्नुभयो।
तर अब यो अझ असल हो कि तिमीहरूले उसलाई क्षमा दिनु पर्छ उसलाई सान्तवना दिनु पर्छ। त्यसले उसलाई अति नै दुःख र एकदमै हरेस खानुबाट जोगाउँछ।