Home Bibles ☰ Books मर्कूस 14:53 · नेपाली बाइबल
मर्कूस 14:53 · नेपाली बाइबल

येशूलाई पक्रने मानिसहरूले उहाँ लाई प्रधान पूजाहारीको घरमा पुर्याए त्यहाँ सबै मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र शास्त्रीहरू भेला भए।

Cross references

यशैया 53:7

उसलाई चोट पुर्याएर दण्ड दिइयो। तर उसले कहिल्यै विरोध गरेन्। मार्नलाई लगेको भेंडा जस्तै उसले केही पनि भनेन। ऊ ऊन काट्दा पनि चुपचाप रहने भेंडाको पाठो जस्तो भयो। उसले आफ्नै बचाउको लागि कहिल्यै मुख खोलेन्।

मत्ती 26:3

तब मुख्य पूजाहारीहरू र यहूदी प्रधान, अगुवाहरू पूजाहारीको ठाउँमा भेला भए। प्रधान पूजाहारीको नाम कैयाफा थियो।

मत्ती 26:57

येशूलाई पक्रनेहरूले उहाँलाई प्रमुख पुजाहारी कैयाफाको घरमा पुर्याए। शास्त्रीहरू र बूडा यहुदी अग्रजहरू त्यहाँ भेला भएका थिए।

मर्कूस 15:1

एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई सांग्लोले बाँधे अनि पिलातस कहाँ पुरयाए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।

लूका 22:54

तिनीहरूले येशूलाई पक्रे अनि टाढामा लगे। तिनीहरूले उहाँलाई प्रधान-पूजारीको घरमा पुरयाए। पत्रुस पनि तिनीहरूसंगै गए तर तिनी येशूको नजिक गएनन्।

यूहन्ना 18:12

त्यसपछि सिपाहीहरू र तिनीहरूका सेनापति अनि यहूदीका हाकिमहरूले येशूलाई पक्रे।

यूहन्ना 18:19

प्रधान पूजाहारीले येशूलाई उनका चेलाहरू र उनको शिक्षाको विषयमा सोधे।

प्रेरित 4:5

अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न भए।

Interlinear

Choose Theme