Home Bibles ☰ Books मर्कूस 13:27 · नेपाली बाइबल
मर्कूस 13:27 · नेपाली बाइबल

मानिसको पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पृथ्वीको चारैतिर पठाउनु हुनेछ। स्वर्गदूतहरूले पृथ्वीका प्रत्येक कुनाबाट चुनिएका मानिसहरूलाई भेला गर्नेछन् ।

Cross references

उत्पत्ति 49:10

यहूदाको परिवारबाट राजाहरू हुनेछन्। राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन जबसम्म एकजना वास्तविक राजा आउनु हुँदैन।तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्।

व्यवस्था 30:4

यदि तिमीहरूलाई अत्यन्तै टाढा देशहरूमा पठाइएको भए पनि बटुलेर ल्याउनुहुनेछ।

यशैया 65:9

म याकूबका सन्तानहरूबाट केही वंश राख्नेछु। यहूदाका मानिसहरूले मेरो पर्वत पाउने छौ। मेरो सेवकहरू त्यहाँ बस्नेछन्। म ती मानिसहरू छान्ने छु जो त्यहाँ बस्नेछ।

जकरिया 2:6

परमप्रभु भन्हुन्छ, “छिट्टो उठ! अनि उत्तर देश छोड जहाँ मैले तिमीहरुलाई सबै देशहरुमा छरपष्ट पारें।”

मत्ती 12:42

न्यायको दिनमा दक्षिणको महारानी यस पुस्ताको अगाडी खडा हुनेछिन् र उनैले तिनीहरूलाई दोषी भनी प्रमाण दिने छिन्। किनभने सुलेमानका ज्ञानहरू सुन्न महारानीले धेरै-टाढासम्मको यात्रा गरेकी थिइन्। अनि अझ यहाँ एक मानिस छ त्यो सुलेमानभन्दा महान छ।

मत्ती 13:41

मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्।

मत्ती 13:49

जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्।

मत्ती 24:22

परमेश्वरले त्यो महासंकटको समय छोट्याउनुभएको छ। यदि त्यो समय छोट्याइएन भने, कुनै मानिस पनि बाँच्ने छैन। तर आफूले चुनेका मानिसहरूलाई मद्दत गर्नलाई परमेश्वरले त्यो समयलाई छोटो पार्नु भएकोछ।

मत्ती 24:24

झूटो ख्रीष्ट र झूटो अगमवक्ताहरू देखा पर्नेछन् ठूला-ठूला कुराहरू र चमत्कारहरू गर्नेछन्। सम्भव भए परमेश्वरले चुन्नु भएका मानिसहरूलाई समेत धोका दिनका निम्ति तिनीहरूले यसो गर्नेछन्।

मत्ती 24:31

चारै दिशाबाट आकासको एक छेऊ देखि अर्को छेउसम्म परमेश्वरद्वारा चुनिएको मानिसहरूलाई भेला गर्न मानिसको पुत्रले तुरहीको आवाज सहित स्वर्गदूतहरूलाई पठाउनु हुनेछ।

मत्ती 25:31

“मानिसको पुत्र फेरि आउनु हुनेछ। उहाँ अत्यन्त गौरवसँग आउनु हुनेछ। सबै स्वर्गदूतहरू पनि उहाँसंगै आउने छन्। उहाँ राजाको रूपमा सिंहासनमा विराजमान हुनुहुनेछ।

मर्कूस 13:20

उहाँका मानिसहरूको निम्ति परमेश्वरले त्यो भयानक समयलाई सीमित पार्ने निश्चय गर्नु भएको छ। यदि त्यो समय नछोटाइए कोही पनि बाँच्ने छैन। तर परमेश्वरले आफूले चुन्नु भएका मानिसहरूका निम्ति सहायता पुर्याउनलाई त्यो समय छोट्याउनु भएको छ।

मर्कूस 13:22

झूटो ख्रीष्टहरू र झुटो अगमवक्ताहरू आउनेछन् अनि परमेश्वरले चुनेका मानिसहरूलाई धोका दिनु सभव भए चिन्हहरू र चम्त्कारहरू गर्नेछन्।

लूका 16:22

केही समय पछि लाजरस मर्यो। स्वर्गदूतहरूले लाजरसलाई बोकरे अब्राहम को काखमा सुम्पिदिए। त्यो धनी मानिस पनि मर्यो अनि उसलाई गाडीयो ।

लूका 18:7

रके परमेश्वरले छानेका मानिसहरूलाई न्याय दिनुहुदैन्? तिनीहरू रात-दिन उहाँसंग कराउँछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई भन्नुहुन्छ, परमेश्वरले आफ्नो मानिसहरूलाई ठिक न्याय दिनु हुनेछ। उहाँ उनीहरुलाई उत्तर दिनु ढिलाई गर्नु हुन्न।

यूहन्ना 10:16

मसंग अन्य भेडाहरू पनि छन्। तिनीहरू यस झुण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झुण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुदँछ।

Interlinear

Choose Theme