Home Bibles मर्कूस 13:12 · नेपाली बाइबल
मर्कूस 13:12 · नेपाली बाइबल

दाज्यूभाइहरूले दाज्यूभाइहरूलाई मार्ने विश्वासघात गर्नेछन्। बाबुहरूले आफ्नै छोराहरूप्रति विश्वासघात गर्नेछन्। अनि मार्नेछन्। छोरा छोरीहरू पनि आफ्नै आमाबाबूहरूको विरूद्धमा उठ्नेछन् अनि तीनले आमाबाबूहरूलाई मार्नेछन।

Cross references

इजकिएल 38:21

परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “इस्राएलको पर्वतहरूमा, म गोगको विरूद्ध सबै किसिमको डर उत्पन्न गर्छु। त्यसको सैनिक यति भयभीत हुन्छन् कि तिनीहरूले एका अर्कामाथि आक्रमण गर्नेछन् अनि आफ्नो तरवारले एउटाले अर्कालाई मार्नेछन्।

मीका 7:4

तिमीहरुका अगमवक्ताले भनेका थिए, “यस्तो दिन आउनेछ, तिमीहरुका प्रहरीहरुको दिन आउँदैछ। अब तिमीहरुलाई सजाय दिनेछन्। तिमी अन्योलमा पर्नेछौ।

मत्ती 10:21

“दाज्यू-भाइहरू आफ्नै दाज्यू-भाइहरूको विरुद्व हुनेछन् तिनीहरू एकले अर्कालाई मार्न लाउनेछन्। बाबुहरूले आफ्नै छोराहरूलाई मार्न लाउनेछन्। छोराछोरीहरू आमाबाबुहरूको विरूद्ध उठ्नेछन्, र तिनीहरूलाई मार्ने षड्‌यन्त्र गर्नेछन्।

मत्ती 24:10

त्यसबेला धेरै विश्वासीहरूले आफ्नो विश्वास हराउनेछन्। तिनीहरूले एका-अर्कालाई विरोध गर्नेछन् र एक-अर्कालाई घृणा गर्नेछन्।

लूका 12:52

अहिलेदेखि पाँच जनाको एउटा परिवार विभाजन हुनेछ, तीन जना दुई जनाको विरुद्धमा जानेछन, अनि दुइजना तीन जनाको विरुद्धमा हुनेछन्।

लूका 21:16

तिमीहरूको बाबु-आमा, दाज्युभाइहरू, आफन्तहरू, र मित्रहरूले समेत तिमीहरूलाई प्रशासनलाई सुम्पिनेछन्, अनि तिनीहरूले तिमीहरू मध्ये कतिलाई मार्ने पनि छन्।

Interlinear

Choose Theme