Home Bibles मर्कूस 11:3 · नेपाली बाइबल
मर्कूस 11:3 · नेपाली बाइबल

यदि कसैले त्यो गधालाई कहाँ लगिरहेको छौ भनेर सोधे भने त्यसलाई भनिदिनु, स्वामीलाई यो आवश्यकता छ। उहाँले त्यसलाई फेरि चाँडै फर्काइदिनुहुन्छ।”‘

Cross references

1 इतिहास 29:12

धन अनि सम्मान तपाई बाट नै आउँछन्। तपाई सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम अनि शक्ति तपाईकै हातमा छन्। अनि कसैलाई पनि महान अनि शक्तिशाली बनाउने शक्ति तपाईकै हातमा छन्।

भजनसंग्रह 24:1

पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्। यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।

भजनसंग्रह 110:3

जब तिमीले आफ्ना सैन्यहरूसँगै भेला गर्नेछौ तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्। तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्। अनि विहानै एका-अर्कासित भेट हुनेछ। ती युवा पुरूषहरू भूइँमा शीत परे जस्तै तिम्रो वरिपरि हुनेछन्।

मर्कूस 14:15

घर मालिकले तिमीहरूलाई मातिल्लो तलाको ठूलो कोठा देखाउनेछ जो सजाएर तयार पारेको छ। हाम्रा निम्ति त्यहाँ बन्दोबस्त गर।”

प्रेरित 1:24

प्रेरितहरूले प्रार्थना गरे, “प्रभु, तपाईंले सबै को मनका कुराहरू जान्नु हुन्छ। हामीलाई देखाउनु होस् यी दुईजना मध्ये कसलाई यो काम गराउन तपाईंले छान्नु भएको छ।

प्रेरित 10:36

परमेश्वर यहूदीहरूसंग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो।

प्रेरित 17:25

मध्यरात तिर पावल र सिलासले प्रार्थना गर्दै र प्रभुको भजनहरू गाईरहेका थिए। अन्य कैदीहरूले तिनीहरूलाई सुने।

2 कोरिन्थी 8:9

हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह त तिमीहरू जान्दछौ। अनि तिमीहरू यो पनि जान्दछौ कि ख्रीष्ट परमेश्वरमा धनी हुनु हुथ्यो, तर तिमीहरूको निम्ति उहाँ गरीब हुनु भयो। आफू गरीब बनेर तिमीहरू धनी हुन सक भनेर नै उनले त्यसो गर्नु भएको हो।

हिब्रू 2:7

छोटो अवधिका निम्ति तपाईंले उसलाई स्वर्गदूतहरू भन्दा निम्न बनाउनुभयो तपाईंले उहाँलाई आदर र महिमाको मुकुट लगाई दिनुभयो।

Interlinear

Choose Theme