Home Bibles मर्कूस 11:21 · नेपाली बाइबल
मर्कूस 11:21 · नेपाली बाइबल

पत्रुसले येशूलाई भने, “हे रब्बी, अञ्जीरको रूखलाई हेर्नुहवस जसलाई तपाईंले हिजो सराप्नु भएको थियो। अहिले त्यो सुकिसकेको र मरिसकेको छ!”

Cross references

हितोपदेश 3:33

दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि इमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ।

जकरिया 5:3

त्यस पछि स्वर्गदूतले मलाई भने, “त्यहाँ पत्रको मुट्ठोमा एउटा श्राप लेखिएकोछ। मुट्ठाको एका पट्टि चोरहरू को बिषयमा सराप लेखिएकोछ अनि अर्को पट्टि ती झुटो बोल्ने मानिसहरुको बिषयमा श्राप लेखिएकोछ जब तिनीहरुले शपथ लिन्छ।

मत्ती 23:7

बजारहरूमा पनि तिनीहरू मानिसहरूबाट सम्मान पाउने इच्छा गर्छन्। अनि तिनीहरूलाई ‘गुरू’ भनी सम्बोधन गरेको सुन्न चाहन्छन्।’

मत्ती 25:41

“त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अधिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सँधै जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो।

1 कोरिन्थी 16:22

जसले परमेश्वरलाई प्रेम गर्दैन, उ श्रापित होस्। आउनु होस्, हे प्रभु!

Interlinear

Choose Theme