त्यसपछि येशूले त्यो ठाऊँ छाडनुभयो। उहाँ यहूदीयाको र इलाका औ यर्दन नदिको पारिपट्टि जानुभयो। फेरि अनेकों मानिसहरू उहाँ भएकहाँ आए, अनि उहाँले अघि झैं मानिस हरूलाई सिकाउनुभयो।
Cross references
उपदेशक खुबै ज्ञानी थिए। उनले मानिसहरूलाई शिक्षा दिन आफ्नो ज्ञानको प्रयोग गरे। उपदेशकले खुबै सावधानीसित अध्यायन गरे र धेरै शक्तिहरूलाई सम्पादन गरे।
“ती मानिसहरूले मलाई पिठ्यूँ देखाए। मैले तिनीहरूलाई घरि घरि शिक्षा दिन कोशिश गरें तर तिनीहरूले चाहेनन् मैले तिनीहरूलाई सुधार्ने प्रयास गरें, मेरो कुरामा ध्यानै दिएनन् तिनीहरूले मेरो अनुशासन ग्रहण गरेनन्।
येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।
यी सबै कुराहरू सुनाएपछि येशूले गालील छाडनुभयो। यर्दन नदीको पारिपट्टि छेउमा भएको यहुदिया क्षेत्रभित्र उहाँ पुग्नुभयो।
येशू फेरी समुद्रतिर जानुभयो, र धेरै मानिसहरूले उहाँलाई पछ्याउन थाले, अनि येशूले तिनीहरूलाई शिक्षा दिनुभयो।
येशूले डुङ्गाबाट शिक्षा दिनु भयो। येशूले तिनीहरूलाई दृष्टान्तको उपयोग गरेर धेरै कुराहरू सिकाउनु भयो। उहाँले भन्नुभयो,
ती मानिसहरूमा विश्वास नदेखेर येशू अत्यन्तै अचम्मित हुनु भयो। त्यसपछि येशू त्यस इलाकाका गाउँहरूतिर जानूभयो र शिक्षा दिन लाग्नुभयो।
जब येशू किनारमा पुग्नुभयो, त्यहाँ अनेकौं मानिसहरू उहाँले देख्नु भयो। यो देखेर योशू तिनीहरूप्रति दयालू बन्नुभयो, किनभने तिनीहरू गोठालो बिनाको भेडाहरू जस्तै थिए। अनि उहाँले ती मानिसहरूलाई धेरै कुराहरू सिकाउनु भयो।
त्यसपछि येशू फेरि यर्दन नदीको क्षेत्र पार गरेर जानु भयो। येशू त्यस ठाउँ जानु भयो जहाँ यूहन्नाले पहिला बप्तिस्मा दिएका थिए।
तब येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “हामी यहूदिया जानु पर्छ।”
येशूले उत्तर दिनुभयो, “म सधैं सबै मानिसहरूसंग खुल्लम-खुल्ला बोलेको छु। मैले संधैं सभा-घर र मन्दिरको क्षेत्रमा जहाँ सबै यहूदीहरू भेला हुन्छन् खुल्लम-खुल्ला शिक्षा दिएकोछु। मैले कहिले पनि कुनै कुरो गुप्त राखिनँ।