Home Bibles मर्कूस 1:14 · नेपाली बाइबल
मर्कूस 1:14 · नेपाली बाइबल

त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो।

Cross references

यशैया 61:1

“परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो।

मत्ती 4:12

येशूले यूहन्ना थुनामा परे भन्ने कुरा सुन्नु भयो। त्यसपछि उहाँ गालील तर्फ लाग्नुभयो।

मत्ती 4:23

येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।

मत्ती 9:35

येशू सारा शहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नु भयो। येशूले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो।

मत्ती 11:2

बप्तिस्मा दिने यूहन्ना कैदमा थिए। ख्रीष्टले गरेका सबै कुराहरू उनले सुने। अनि यूहन्नाले आफ्ना चेलाहरूलाई येशूकहाँ पठाए।

मत्ती 14:2

हेरोदले आफ्ना नोकहरूलाई भने, “यो मानिस साँच्चै बप्तिस्मा दिने यूहन्ना हुन्। उनी मृत्युबाट बौरी उठेछ। यसैले यत्रो आश्चर्यकर्महरू गर्न सक्छ।’

लूका 3:20

हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई झ्यालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो।

लूका 4:17

यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुरा लेखिएको भेट्टाउनु भयोः

लूका 4:43

तर येशूले तिनीहरूलाई भन्नु भयो, “मैले अरू शहरहरूमा पनि परमेश्वरको राज्य को बारे सुसमाचारहरु भन्नु पर्छ। यसैकारण मलाई फठाइएको छ।”

लूका 8:1

अर्को दिन, येशूले परमेश्वरको राज्यको बारेमा प्रचार र सुसमाचारहरू बताउँदै गाँउ औ शहरहरू यात्रा गर्दै जानु भयो। बाह्रैजना प्रेरितहरू उहाँसंगै थिए।

यूहन्ना 3:22

यसपछि, येशू र उहाँका चेलाहरू यहूदियाको इलाकातिर गए। त्यहाँ येशू आफ्ना चेलाहरूलसंग बस्नु भयो र मानिसहरूलाई बप्तिस्मा दिनु भयो।

प्रेरित 20:25

“अनि अब मलाई ध्यान दिएर सुन। म जान्दछु कि तिमीहरू कसैले पनि मलाई फेरि कहिल्यै देख्ने छैनौ। म तिमीहरूसंग सधैं थिएँ, मैले तिमीहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार भने।

प्रेरित 28:23

पावल र यहूदीहरूले सभा गर्ने दिन रोजे। त्यस दिन धेरै जना यहूदीहरूले पावललाई घरमा भेटे। दिनभरि पावल तिनीहरूसंग बात गरिरहे। पावलले परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई व्याख्या गरे। पावलले मोशाको व्यवस्था र अगमवक्ताहरूले लेखेका कुराहरूको उपयोग गरेर येशूको विषयमा तिनिहरूलाई विशवास गराउन खोजे।

एफिसी 2:17

ख्रीष्ट आउनु भयो अनि तिमीहरू बीच शान्तिको प्राचर गर्नुभयो जो परमेश्वरदेखि टाडा थियौ। अनि तिमीहरूमा शान्ति प्रचार गर्नुभयो जो परमेश्वरको नजिक थिए।

Interlinear

Choose Theme