तब तिमीहरूले बुझ्छौ मैले यी आदेश तिमीहरूलाईकिन दिंदैछु? मैले तिमीहरूलाई यी कुराहरू किन बताउँदैछु कारण लेवीहरूसित मेरो करार चलिरहनेछ।” सर्वशक्तिमान परमेश्वले यी सबै कुराहरू भन्नुभयो।
Cross references
“याद राख, मैले लेवीहरूलाई इस्राएलका पहिले जन्मने मानिसहरूको सट्टामा लिएको छु। यसकारण लेवीहरू मेरा हुन् र इस्राएलका पहिले जन्मने छोराहरू मलाई दिनु पर्दैन।
“इस्राएलीहरूको अन्य मानिसहरूको सट्टामा तिमीले लेवीहरूलाई लेऊ र म अरू मानिसहरूका पशुहरूको सट्टामा लेवीहरुको लिनेछु। लेवीहरू मेरो मानिसहरू हुन्। म परमप्रभु हुँ।
तिम्रो परिवार समूहका अन्य लेवी मानिसहरूलाई तिमीसित काम गराउन ल्याऊ। करारको पालमा काम गर्दा तिम्रा छोराहरूलाई तिनीहरूले सहयोग पुर्याउने छन्।
यसकारण पीनहासलाई भनिदेऊ, म ऊसित शान्तिको करार राख्नेछु।
मीकाया उत्तर दिए, “त्यहाँ एक समय आउनेछ जतिबेला तिमी एउटा सानो कोठा भित्र जानेछौ अनि तिमी आफैं लुक्ने छौ। त्यस समयमा तिमीले थाह पाउनेछौ, कि म साँच्चो बोलिरहेको छु।”
मेरो पिताले त्यस्तो मानिसहरूलाई सजाए दिनुहुन्छ, जसले अशुद्ध बनाउँछन्। तिनीहरूले यसलाई प्रधानताको मुख्य सम्झना रहोस्। तिनीहरूले पूजाहारीहरू र लेवीहरूको आज्ञाका पालन गरेनन्।
ती सबै कुराहरूले गर्दा-मालिक, सेनाहरूका परमप्रभु इस्राएलका शक्तिशाली परमपवित्र परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूलाई दण्ड दिनेछु। मेरो शत्रुहरू तिमीहरू मेरो लागि अब उप्रान्त दुःखका कारण हुने छैनौ,
तर परमप्रभु, तपाईं तिनीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ, तर तिनीहरू यसलाई देख्दैनन्। तिनीहरूले आफ्ना मानिसहरूप्रति तपाईंको गहिरो प्रेम देख्छन्। निश्चय नै दुष्ट मानिसहरू लज्जित हुनेछन्। निश्चयनै तपाईंका शत्रुहरू आफ्नै आगोमा जल्ने छन्।
याकूबको दोष कसरी क्षमा गरिने? उसका पापहरू कसरी हटाइने? ती कुराहरू हुने नै हो चट्टानको वेदी धूलो परिनेछ। झूटा देवताहरूलाई मूर्तिहरू र वेदीहरू पुज्ने नष्ट हुनेछन्।
तर यदि एकजना अगमवक्ताले शान्तिको अगमवाणी दिन्छ र उसको अगमवाणी सत्य हुन्छ तब मानिसहरूले जान्ने छन् कि परमप्रभुले उसलाई नै पठाउनु भएको हो।”
म जो मेरो विरूद्धमा खडा हुन्छ अनि जसले मेरो विरूद्ध पाप गरेको छ तिनीहरू सबैलाई टाढा पठाउँनेछु। म तिनीहरू सबैलाई तिमीहरूको जन्म-भूमिबाट टाढा पठाउँनेछ। तिनीहरू इस्राएल भूमिमा फेरि कहिल्यै फर्केर आउँने छैनन्। तब तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।”
तर जुन चीजहरूको विषयमा तिमी गाउँछौ त्यो साँच्चै घट्नेछ अनि त्यस बेला मानिसहरूले सम्झनेछन् कि उनीहरूको बीच साँच्चै एक अगमवक्ता थिए।”‘
त्यसपछि म देखाउँछु कि म कति महान छु, म प्रमाणित गर्छु कि म पवित्र छु। धेरै राष्ट्रहरूले मैले यो कुरा गरेको देख्नेछन् अनि जान्नेछन् कि म को हुँ। तब उनीहरूले थाहा पाउने छन् कि म परमप्रभु हुँ।”
तिमीहरूले विदेशीहरूलाई मेरो मन्दिरमा ल्यायौ, तिनीहरूको साँच्चै खतना भएको थिएन। तिनीहरू पूर्णरूपले मप्रति समर्पित थिएनन्। यस्तो प्रकारले तिनीहरूले मलाई अपवित्र पारेका थिए। तिमीले आफ्नो करार भङ्ग गर्यौ, भयंकर पाप काम गर्यौ अनि त्यसपछि तिमीले मलाई रोटीको भेटी, बोसो अनि रगत चढायौ। यसरी मेरो मन्दिरलाई अशुद्ध पार्यौ।
परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “एउटा विदेशी जसको खतना भएको छैन, मेरो मन्दिरमा आउँनु हुँदैन। ती विदेशीहरू पनि जो इस्राएलको परिवारहरू बीच स्थायी रूपले बसेका छन् तिनीहरूको पनि खतना अवश्य हुनुपर्छ अनि म प्रति पूर्ण समर्पित हुनुपर्छ, त्यस पश्चात ऊ मेरो मन्दिरमा आउनु पनि सक्छ।
उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहुँ संग्रह गरी आफ्नो गह्रौ भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
तिमीहरूको विरोधमा हाम्रा पइतालामा टाँसिएको तिम्रो शहरको धूलो समेत टक्टकाएर जाँदैछौ। तर यो याद राख्नु परमेश्वरको राज्य नजिकै आएको छ।’
म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ।