जब येशूले यो कूरा सुन्नु भयो। उहाँले याइरसलाई भन्नु भयो, “नडराऊ केवल विश्वास गर अनि तिम्रो छोरी निको भई हाल्नेछे।”
Cross references
ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाई परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विशवास गर्छन् र परमेश्वरमाथि भर पर्छन्।
तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरष्ठ्वका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”
येशूले ठिटोको बाबूलाई भन्नुभयो, “तिमीले भन्यौ, ‘यदि तपाईंले सक्नुहुन्छ भने?’ यदि कसैले विश्वास गर्यो भने हरेककुरा सम्भव हुन्छ।”
यशूले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख।
येशूले त्यस आइमाईलाई भन्नु भयो, “मेरी छोरी, तिम्रो विश्वासले तिमी निको भयौ। शान्तिसंग जाऊ।”
येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ।” जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ।
तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?”
धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मैले तिमीलाई सबै जातिका पिता बनाएँ”यो परमेश्वर समक्ष सत्य छ। अब्राहामले परमेश्वरमा विश्वास गरे जसले मृतहरूलाई जीवन दिनुहुन्छ र जुन कुराहरू अहिलेसम्म भएको छैन त्यसको निर्णय दिनुहुन्छ।
परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा गर्नुहुनेछ भन्ने कुरामा अब्राहामले किहिल्यै शंका गरेनन्। अब्राहमले आफ्नो विश्वास गुमाएनन्। बरू, उनको विश्वास अझ दृढ भयो अनि उनले परमेश्वरको प्रशंसा गरे।