Home Bibles लूका 8:43 · नेपाली बाइबल
लूका 8:43 · नेपाली बाइबल

एकजना बाह्र र्बष देखि रक्तस्रावले पिडित एउटी आइमाई पनि त्यहाँ थिई। आफ्नो सारा जेथा वैद्यको ओखती-मूलोमा खर्च गर्दा पनि तिनलाई निको पार्ने कोही निस्केनन्।

Cross references

लेवी 15:25

“कुनै स्त्रीको आफ्नो नियमित समय बाहेक धेरै दिनसम्म रजस्वला भइरहे, अथवा नियमित रजस्वलापछि पनि रगत प्रवाह रहे, नियमित रजस्वला भए, ऊ अशुद्ध हुन्छे। ऊ जब सम्म रजस्वला रहन्छ त्यतिञ्जेलसम्म अशुद्ध रहनेछिन्।

2 इतिहास 16:12

आसा राजा भएको उन्चालीस वर्षमा खुट्टा कुहुने रोगले ग्रस्त भए। तिनको रोग अत्यन्त नराम्रो थियो तर पनि तिनले परमप्रभुबाट सहाएता खोजेनन्। आसाले वैद्यहरूको सहायता खोजे।

अय्यूब 13:4

तर तिमीले हाम्रो बातचीतलाई झुटो कुराले कलंकित पार्छौ। तिमीहरू त्यस्ता अयोग्य वैद्यहरू हौ जसले कसैलाई पनि निको पार्न सक्तैनन।

भजनसंग्रह 108:12

हे परमेश्वर, हाम्रा शत्रुहरू नाश गर्नलाई साथ दिनुहोस्। मानिसहरूले हामीलाई सघाउन सक्दैनन्!

यशैया 2:22

तिमीहरूले आफूलाई जोगाउन अन्य मानिसहरूमा भरोसा नगर्। तिनीहरू मानिसहरू मात्र हुन्-जो मर्दछन्। यसकारण तिमीहरूले उनीहरूलाई परमप्रभु जस्तै प्रभावशाली हुन्छन् भनेर नठाने पनि हुन्छ।

यशैया 55:1

“हे सबै, तिर्खाएका मानिसहरू, आऊ पानी पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउञ्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन अघाउञ्जेल खाऊ र पिऊ। खान र पिऊनुको ज्याला लाग्दैन।

मत्ती 9:20

बाह्र र्वषदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिईना। येशूको पछिल्तिर आएर उनले उहाँको वस्त्रको फेरमा छोइन्।

मर्कूस 5:25

ती मानिसहरूसंग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र र्वष अघिदेखि रगत बग्ने व्यथा थियो।

मर्कूस 9:18

त्यो दुष्टात्माले मेरो छोरोलाई आक्रमण गर्छ अनि भूँइमा बजार्छ। मेरो छोरोले मुखबाट फींज निकाल्छ, दाहा किटछ, अनि कडा हुन्छ। मैले तपाईंको चेलाहरूलाई मेरो छोराबाट त्यस दुष्टात्मालाई हटाइ दिउन् भनी बिन्ती गरे, तर तिनीहरूले सकेनन्।

मर्कूस 9:21

येशुले त्यस ठिटोको बाबुलाई सोध्नु भयो, “कहिले देखि यो ठिटो पिडित छ?”बाबूले जवाफ दिए, “बाल्याकाल देखि नै।

लूका 8:27

जब येशू त्यो डुङ्गाबाट उत्रनु भयो, त्यसैबेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भुत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदैन थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो।

लूका 13:11

सभाघरमा एउटी स्त्री थिई। ऊ भित्र दुष्टात्मा पसेको थियो जसद्वारा ऊ अठाह र्वषबाट कुप्रेकी थिई। त्यसको ढाड कुप्रो थियो अनि सिधा उभिन सक्तिनथी।

लूका 13:16

यो स्त्री जसलाई मैले निको पारें ऊ हाम्रै यहूदीकी छोरी हुन्। तर शैतानले उसलाई अठाह र्वषसम्म बाँधेर राख्यो। के विश्रामको दिन उसको बन्धनबाट छुटाउने काम ठीक थिएन?”

यूहन्ना 5:5

ग्रस्त भएको एकजना रोगी थियो।

यूहन्ना 9:1

जब येशू हिडिरहनु भएको थियो, उहाँले एकजना अन्धो मान्छेलाई देख्नु भयो। त्यो मान्छे जन्मैदेखि अन्धा थियो।

यूहन्ना 9:21

तर अहिले उसले कसरी देख्न सक्छ हामी जान्दैनौं। अनि हामी जान्दैनौं कसले उसलाई दृष्टि दियो। उसैलाई सोध्नुहोस्। ऊ अहिले ठूलो भएको छ अनि आफ्नो विषयमा उत्तर आफैले दिने छ।”

प्रेरित 3:2

जब तिनीहरू मन्दिर प्राङ्गण तिर गईरहेका थिए, त्यहाँ एकजना मानिस थिए। जीवनभरि नै त्यो मानिस लङ्गडो थियो। उ हिंड्न सक्तैन थियो, यसैले केही साथीहरूले उसलाई बोक्ने गर्थे र प्रत्येक दिन मन्दिरमा ल्याउने गर्थे। तिनीहरूले त्यो लङ्गडो मानिसलाई मन्दिर बाहिर एउटा ढोकाको मध्ये छेउमा राखे जसलाई सुन्दर-द्वार भनिन्थ्यो। त्यहाँ त्यस मानिसले मन्दिर जाने मानिसहरूसंग पैसा माग्ने गर्थ्यो।

प्रेरित 4:22

यो चमत्कार नै परमेश्वरबाट प्रमाण थियो। जुन मानिस निको पारियो तिनी चालीस र्वषभन्दा ज्यादा उमेर पुगेका थिए यसैकारणले यहूदी अगुवाहरूले ती प्रेरितहरूलाई फेरि चेतावनी दिए अनि तिनीहरूलाई पठाइदिए।

प्रेरित 14:8

लिस्त्रामा एकजना लङ्गडो मानिस थियो। उ जन्मै देखि लङ्गडो थियो अनि कहिले पनि हिंडेको थिएन।

Interlinear

Choose Theme