त्यो मानिस येशूको अघाडी घोप्टेर ठुलो स्वरले चिच्यायो, “हे, सर्वोच्च परमेश्वरका पुत्र येशू, मबाट तपाईं के चाहनुहुन्छ? दया गरी मलाई यातना नदिनुहोस्।”
Cross references
त्यो मानिस चिहानहरूमा बस्ने गर्दथ्यो। त्यसलाई कसैले अधीन गर्न सकेनन्, यतिसम्म कि साङ्लाले बाँधेर पनि,
अनि त्यो मानिस तिखो स्वरले चिच्यायो, “मबाट तपाईले के चाहनुहुन्छ, येशू, सर्वोच्च परमेश्वरका पुत्र? म परमेश्वरमा शपथ हालेर तपाँईलाई बिन्ती गर्दछु मलाई सजाय नदिनुहोस्!?”
त्यसपछि चेलाहरूले त्यो ठिटोलाई येशू कहाँ ल्याए। जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यसैबेला त्यसले ठीटोलाई आक्रमण गर्यो। ठिटो भूईंमा लडयो अनि छट्पटाउन लाग्यो। त्यसले मुखबाट फींजहरू निकालिरहेको थियो।
शैतानको दुष्ट आत्मा मेरो पुत्रमा आउँछ अनि त्यो त्यति नै बेला चिच्याउँछ औ त्यसले आफुमाथि होश हराउँछ अनि मुखबाट फींज निकाल्छ। त्यो दुष्ट आत्माले संधै कष्ट दिन्छ अनि त्यसबाट फर्केर कहिल्यै जाँदैन।
जब ठिटो आउँदै थियो, त्यो भूतले त्यसलाई त्यहीं भूँइमा पछारी दियो अनि त्यो केटो काम्दै थियो अनि आफ्नो नियन्त्रण बाहिर रह्यो। तर येशूले त्यस दुष्टात्मालाई कडा चेतावनी दिनु भयो। त्यसपछि त्यो केटोलाई पारी बाबुलाई सुम्पि दिनु भयो।
पावलले चलाएका रूमालहरू र लुगाहरू लगरे तिनीहरूले विमारीहरूमाथि राखे। जब तिनीहरूले यसो गरे तिनीहरू निको हुन्थे अनि दुष्ट आत्माहरू तिनीहरूबाट बाहिर निस्कन्थे।
आफूसित सहमत नहुने मानसिहरूलाई उसले नम्रतापूर्वक सिकाउनु पर्छ। परमेश्वरले तिनीहरूको हृदय परिवर्तन गरिदिन सक्नुहुन्छ अनि तिनीहरुले सत्यलाई स्वीकार गर्न सक्छन्।