Home Bibles ☰ Books लूका 8:16 · नेपाली बाइबल
लूका 8:16 · नेपाली बाइबल

“कुन मानिसले बत्ती बालेर भाँडाले छोप्छ? अथवा खाटमुनि राख्छ? तर त्यो मानिसले बत्ती बालेर सामदानमा नै राख्दछ। जसद्वारा आउने मानिसहरूले प्रशस्त उज्यालो पाउँदछन्।

Cross references

मत्ती 5:15

त्यसरीनै मानिसहरूले बत्ती बालेर पाथीमुनि राख्दैनन्। त्यसको सट्टामा तिमीहरूले त्यसलाई सामदानमा राख्छन्। यसरी घरमा भएका सबै मानिसहरूले उज्यालो पाउने छन्।

मर्कूस 4:21

अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले कुनै दियोलाई पाथीमुनि वा खाटमुनि राख्न भनेर ल्याऊछौ? होईन तिमीहरूले दियोलाई सामदानमथि राख्नलाई ल्याऊँछौ।

लूका 11:33

“कुनै पनि मानिसले बत्ती बालेर पाथी मनि राख्दैन अथवा लुकाउँदैन। बरू भित्र पस्नेहरू सबैले देखुन् भनेर त्यो बत्ती सामदानमाथि राखिन्छन।

प्रेरित 26:18

तिमीले मानिसहरूलाई सत्य देखाउनेछौ। मानिसहरू अन्ध्यारोबाट उज्यालोमा र्फकनेछन्, बद्लिनेछन् अनि शैतानको शक्तिबाट परमेश्वरमा ढल्किनेछ। त्यसपछि तिनीहरूको पापहरू क्षमा गरिनेछ अनि मेरो विश्वासले जो मानिसहरू पवित्र पारिएकोछन् तिनीहरूसंग एक बनाइनेछ।”‘

फिलिप्पी 2:15

तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ।

प्रकाश 1:20

तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरु अनि तिमीले देखेका सातवटा सुनौला दीप-दानीहरुको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरु सातवटा मण्डलीहरु हुन्। ती सातवटा ताराहरु सातवटा मण्डलीका स्वर्गदूतहरु हुन्।

प्रकाश 11:4

यी दुई साक्षीहरु दुई भद्राक्षका बृक्षहरु हुन् अनि दुई दीप-दानी जो पृथ्वीका परमप्रभु अघि खडा छन्।

Interlinear

Choose Theme