एक समय, विश्रामको दिनमा येशू अन्नको खेत भएर जाँदै हुनुहुन्थयो। उहाँका चेलाहरूले अन्नाका बालाहरू टिप्दै तिनीहरूको हातमा माँडेर खाए।
Cross references
यस चाडमा तिमीहरूले अखमिरी रोटी सात दिनसम्म खाने छौ। यस पवित्र चाडको पहिलो दिन तिमीहरूले आफ्नो-आफ्नो घरबाट समस्त खमीर बाहिर निकाल्ने छौ। यो पवित्र चाडमा सात दिनसम्म कसैले पनि खमीर खाने छैनौ। यदि कसैले खमीर त्यस समयमा खायो भने त्यसलाई अरू इस्राएलीबाट बहिष्कृत गरिनेछ।
यो चाडको पहिलो दिन तिमीले विशेष सभा गर्नेछौ। त्यस दिन काम गर्ने छैनौ।
“इस्राएलका मानिसहरूलाई भन म तिमीहरूलाई जुन देश दिन्छु त्यसमा तिमीहरू जानेछौ अनि त्यहाँ बाली काट्नेछौ। त्यस समयमा तिमीहरूको पहिले बालीको उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू।
“परमप्रभुलाई डोलाउने अन्नको बिटा ल्याएको दिनबाट सात हप्ताहरू गन।
“बाली काटून शुरू गरेको समयदेखि तिमीहरूले सात साता गन्नु पर्छ।
जब तिमी अरू मानिसको अन्नको खेत भएर कतै जान्छौ तिमीले सकेको अन्न टिपेर खान सकछौ तर हँसियाले अन्न काटेर घर लिएर जान सकदैनौ।
त्यो समय, येशू विश्रामको दिनमा अन्नका खेतहरूबाट जानुहुँदै थियो, येशूका चेलाहरू पनि उहाँसँगै थिए। तिनीहरू भोकाएका थिए। ती चेलाहरूले अन्नका बाला टिप्दै खान लागे।
विश्रामको दिनमा, येशू आफ्ना चेलाहरूसंगै अन्नका खेतहरू भएर जाँदै हुनुहुन्थ्यो, चेलाहरूले हिंडदै गर्दा अन्नका बालाहरू टिप्न लागे।