येशूले तिनलाई आदेश दिनु भयो, “यस्तो भएको कुरा कसैलाई नभन्नु। तर आफै गएर पूजाहारीलाई देखाउनु मोशाले भने झैं आफु निको भएकोमा परमेश्वरलाई बलि चढाउनु। यसबाट तिमी निको भएको प्रमाण हुन्छ।”
Cross references
“यदि कुनै मानिसको आफ्नो शरीरको छालामा कुनै वर्णान्तर दाग, विफिरा अथवा कुनै घाउ छ भने त्यसबाट कुनै हानिकारक चर्म रोग हुन सक्ने सम्भावना रहे उसलाई हारून अथवा तिनका पूजाहारी छोराहरू भएको ठाउँमा लैजानु पर्छ।
“जब एक जना मानिस चर्मरोगबाट निको हुन्छ, उसले शुद्ध हुनको निम्ति यी नियमहरू पालन गर्नु पर्छ।
तब येशूले त्यस मानिसलाई भन्नभयो, ‘हेर यसबारे तिमीले कसैलाई नभन्नू। तर आफै जाऊ अनि पूजाहारीलाई देखाऊ र प्रमाणको लागि मोशाको आज्ञानूसार, तिनीहरूका समक्ष भेटी चढाऊ। जसले गर्दा मानिसहरूले तिमीलाई निको भएको देख्न सक्ने छन्।’
त्यसपछि तिनीहरूले तुरन्तै देख्न सके। येशूले तिनीहरूलाई कडा चेताउनी दिनु भयो, उहाँले भन्नु भयो, “यो कुरा कसैले थाहा पाउनु हुँदैन।’
तिनीहरूले तिमीहरूलाई राज्यपाल अनि राजाहरूको अघि लानेछन्। मेरो कारणले गर्दा तिनीहरूले यसो गर्नैछन्। तिमीहरू ती हाकिम अनि राजाहरू र गैर-यहूदीहरूको समक्ष मेरो बारेमा भन्नेछौ।
उहाँको हुनुहुन्छ भनेर मानिसहरूलाई केही नभन्नु येशूले चेताउनी दिनुभयो भएको थियो।
येसूले भन्नुभयो, होशियार बन तिम्रो निम्ति मैले गरेको काम बारे कसैलाई केही नभन्नू। तर पूजाहारीकहाँ गएर आफूलाईं देखाऊ, अनि परमेश्वरलाई केही भेटी चाढाऊ किनभने तिमी निको भएका छौ। मोशाले बताए बमोजिम भेटी चढाऊ। त्यसबाट मानिसहरूलाई तिमी निको भयौ भन्ने थाहा हुनेछ।
यदि कुनै शहरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूको कुरा सुनेन् भने त्यो शहर छोड, शहर छोडदा तिम्रा पैतालाका धूलोहरू पनि टक्टकाइदेऊ। यही नै तिनीहरूलाई चेतावनी हुनेछ।”
यदी शहरका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने त्यो शहरदेखि बाहिर जाऊ, अनि खुट्टाको धुलो समेत टक्टकाएर जाऊ। यो तिनीहरूको विरोधमा साक्षी हुनेछ।”
जब येशूले ती मानिसहरूलाई देख्नु भयो, उहाँले भन्नुभयो, “जाऊ अनि पूजाहारीहरूलाई तिमीहरू आफैलाई देखाऊ।”जब ती दशजना मानिसहरू पूजाहारीहरूकहाँ जाँदै थिए, तिनहरू निको भए।