तब शैतानले येशूलाई भन्यो, “म तपाँईलाई यी सबै राज्यहरूको अधिकार, शक्तिहरू र तिनीहरूमा भएको गौरवसंगै दिनेछु। यी सबै मलाई दिइएको छ। म यी सब कसैलाई पनि दिनसक्छु।
Cross references
हामानले उसका धेरै छोरा-छोरीहरूसंग राजाले तिनलाई सम्मन गरेको बताए राजाले तिनलाई राजाका समस्त अधिकारीहरू अनि सेवकहरू माथिल्लो ओहोदामा राखेको धाक लगाए।
तब तिनीहरू मर्नेछन् र पातालमा जानेछन् सियोलले, तिनीहरूले धेरै-धेरै मानिसहरू भेट्नेछ। चिहानले आफ्नो ठूलो मुख उघारेर बसेको छ। अनि सबै मानिस सियोल भित्र जानेछन्।
उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ। उहाँले तिनीहरूलाई महत्व नदिने निर्णय गर्नु भयो।
तिमीहरूका पिता शैतान हो। तिमीहरू उसका सन्तान हौ। उसले जे चाहन्छ तिमीहरू त्यही गर्दछौ। शैतान आदिकालदेखि नै हत्यारा थियो। उ सधैं सत्यको विरुद्धमा छ अनि उभित्र सत्य छैन। जब ऊ झूटो बोल्छ तब उसले त्यो झूठो स्वभाविक रूपले बोल्छ। हो शैतान असत्यवादी अनि असत्यको पिता हो ।
अब संसार (दुष्ट) को न्याय गर्ने बेला आयो। अब यस संसारको शासक फ्याँकिनेछ।
तिमीहरूसंग कुरा गर्ने समय छैन। यो संसारको शासक आइरेहछ । तर ममाथि उसको अधिकार चल्दैन।
त्यसमा कुनै अचम्म छैन। किन? शैतानले पनि मानिसलाई छक्कयाउन आफूलाई ज्योतिर्मय-दूतको रूप लिन्छ।
हो पनि, अघि तिमीहरू त्यस्तै पापहरूमा बसेका थियौ। तिमीहरू सांसारिक मानिसहरू झैं बाँचिरहेका थियौ। तिमीहरूले वायु मण्डलको दुष्ट शक्तिहरूको शासकलाई पछ्यायौ। अझै पनि परमेश्वरलाई नमान्नेहरूमा त्यही आत्माले काम गर्दैछ।
धर्मशास्त्रले भन्छ“मानिसहरु सँधैं बाँच्तैनन्, तिनीहरु घाँस झै हुन् तिनीहरुको माहिमा घाँसको फूल झै हो। घाँस ओइलिन्छ, अनि फूलहरु झर्छन्।
हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ।
त्यो विशाल सर्प त्यसका दूतहरु सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरु पनि उसंगै पृथ्वी तल फालियो।
यो पशु भालूको जस्तो खुट्टा भएको चितुवा जस्तो देखिन्थ्यो। त्यसको सिँहको जस्तो मुख थियो। त्यो विशाल सर्पल त्यस पशुलाई आफ्ना सबै शक्ति, उसको सिंहासन अनि महान अधिकार दियो।
त्यो पशुलाई परमेश्वरको पवित्र मानिसहरुको विरुद्ध युद्ध गर्ने अनि उनीहरुलाई परास्त गर्ने शक्ति दिइएको थियो। त्यो पशुलाई हरेक जाति, वंश, भाषा अनि राष्ट्रमाथि अधिकार दिइएको थियो।
त्यो स्वर्गदूतले त्यो विशाल सर्पलाई पक्रे। त्यो विशाल सर्प दानव अथवा शैतान हो। त्यो स्वर्गदूतले त्यसलाई त्यो साङलोले एक हजार र्वषको निम्ति बाँधे।