यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः“उजाड स्थानमा कराइरहेको आवाजः परमप्रभुका निम्ति मार्ग तयार पार। उहाँको पथहरू सोझो पार।
Cross references
सुन, कोही मानिस चिच्याइरहेको छ! “मरूभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर। मरूभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ।
बाटो शुद्ध पार, बाटो शुद्ध पार! मेरा मानिसहरूका लागि बाटो शुद्ध पार।
मूल ढोकाहरूबाट आऊ! मानिसहरूकोलागि बाटो खुल्ला पारिदेऊ। बाटो तयार पार। बाटोको सारा ढुङ्गाहरू हटाई देऊ। मानिसहरूकोलागि चिन्ह स्वरूप डन्डा उठाऊ।
एलियाले माता-पितालाई आफ्नो नानीहरू ल्याउँनमा सहाएता गर्नेछ। यो अवश्य घट्नेछ र म आउँनेछु र सम्पूर्णरूपले तिम्रो देशलाई नष्ट पार्नेछु।”
बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए“मरुभूमिमा एकजना कराइरहेछन्, ‘परमप्रभुको बाटो तयार पार; उहाँका मार्गहरू सोझ्याऊ।”
‘उजाड-स्थानमा कोही कराईहेकोछः परमप्रभुको बाटो तयार पार, उहाँका गोरेटोहरू सोझो बनाओ।’”
तिनी धेरै यहूदीहरूलाई परमप्रभु तिनीहरू परमेश्वरतिर खिंच्ने माध्यम हुनेछन्।
ए बालक तिमी महामहिमाको अगमवक्ता कहलाइनेछौ। उहाँको आगमनको मार्ग तयारी पार्न तिमी सर्वप्रथम परमेश्वरको अघि जानेछौ।
यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए।
यूहन्नाले तिनीहरूलाई अगमवक्ता यशैयाको वाणीहरू भने“मरूभूमिमा चिच्याई हिंड्ने मानिसको म आवाज हुँ, ‘परमप्रभुको निम्ति मार्ग सोझो बनाऊ भन्दै।”‘
यूहन्नाले उत्तर दिए, “म पानीले मानिसहरूलाई बप्तिस्मा दिन्छु। तर एकजना मानिस तिमीहरूसंगै अहिले हुनुहुन्छ जसलाई तिमाहरू चिन्दैनौ।
तिमीहरू आफैले सुनेकाछौ कि ‘म ख्रीष्ट होइन भनेर। म एकमात्र त्यो मानिस हुँ जसलाई उहाँको निम्ति बाटो तयार पार्न परमेश्वरले पठाउनु भएको हो।’