अत प्राथः मध्यदिन समय भएको थियो, र सारा देश-भरि नै तीन बजे सम्म अन्धकार छायो।
Cross references
तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो हातमाथि हावामा उठाऊ अनि अँध्यारोले मिश्रलाई ढाक्नेछ। अँध्यारो यति निष्पट्ट हुनेछ तिमीले त्यो अनुभव गर्नेछौ।”
परमेश्वरले निक्खुर कालो अन्धकार पठाउनुभयो तर मिश्रवासीहरूले उहाँलाई सुनेनन्।
सूर्य अँध्यारोमा बद्लनेछ। चन्द्रमाको रंग रगतमा बद्लनेछ। अनि परमप्रभुको महान् र डरलाग्दो दिन आउनेछ।
आहा, परमप्रभुको बिशेष दिनलाई पर्खिरहेका तिमीहरु आफैंलाई हेर। तिमीहरु किन परमप्रभुको न्यायको दिन चाहन्छौ? यो एउटा गहिरो दिन हुनेवाला छउज्यालो होइन।
परमप्रभुले भन्नुभयो, “म सूर्यलाई मध्यदिनमा अस्ताउने बनाईदिनेछु अनि पृथ्वीको दिनको उज्यालोलाई अँध्यारो बनाईदिनेछु।
हे परमप्रभु के तपाईं नदीहरुको बिरूद्धमा क्रोधित हुनुभयो? के समुद्र तपाईंको क्रोधको पात्र बन्यो? के खोलाहरु प्रति तपाईं क्रोधित हुनुभयो जब तपाईंको बिजयमा घोडाहरु अनि रथहरुमा सवार हुनुभयो, के तपाईं क्रोधित हुनुहुन्थ्यो?
मध्यान्ह हुँदा सम्पूर्ण देशमा नै अँध्यारो छायो। यस्तो अन्धकार प्राय तीन घण्टासम्म भइरहयो।
चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे।
मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो।
सिपाहीको अधिकारी जो येशूको अघि उभिएका थिए उहाँ कसरी मर्नु भयो सो देखे अनि भने, “यो मानिस निश्चयनै परमेश्वरको पुत्र हुन्।”
यो प्रायः निस्तार चाडको तयारी गर्ने दिनको मध्या भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “तिमीहरूका राजा यहाँ छ!”
घाम अन्धकारमय भई बद्लिने छ अनि जुन रगत सरह रक्तिम हुनेछ तब परमप्रभुको महान् र महिमामय दिन आउनेछ।