Home Bibles ☰ Books लूका 22:50 · नेपाली बाइबल
लूका 22:50 · नेपाली बाइबल

अनि तिनीहरूमध्ये एकजना चेलाले त्यसको तरवार चलायो अनि त्यसले प्रधान पूजाहारीको नोकरको दाहिने कान काटिदियो।

Cross references

मत्ती 26:51

जब यस्तो भयो, तब येशूको साथमा भएका एकजना चेलाले तरवार झिक्यो। उसले प्रधान पूजाहारीको नोकरलाई हान्यो अनि कान चट्टा छिनाइदियो।

मर्कूस 14:47

कुनै एकजना उभिरहेको चेलाले आफ्नो तरवार निकाल्यो अनि त्यसले प्रधान पूजाहारीको एउटा नोकरलाई हान्यो र उसको कान काटिदियो।

यूहन्ना 18:10

शिमोन पत्रुसकोमा एउटा तरवार थियो। उसले तरवार निकालेर मुख्य पूजाहारीको नोकरलाई प्रहार गर्यो। पत्रुसले त्यसको दाहिने कान काटिदियो। त्यस नोकरको नाउँ माल्ख थियो।

रोमी 12:19

हे मेरा मित्रहरू, तिमीहरूलाई नराम्रो गर्नेलाई दण्ड दिने कोशिश नगर। परमेश्वरलाई पर्ख, उहाँले क्रोधको बेलामा तिनीहरूलाई दण्ड दिनुहुनेछ। लेखिएको छः “दण्ड दिने काम मेरो हो, म साटो फेर्ने छु।”परमप्रभु भन्नुहुन्छ।

2 कोरिन्थी 10:4

हामी त्यो हतियारहरू लिएर लडाई गर्छौं जुन संसारले चलाउने हतियाहरहरू भन्दा भिन्दै छ। हाम्रा हतियारहरूमा परमेश्वरको शक्ति छ। यो हतियारले शत्रुहरूको बिलयो दुर्ग समेत नाश पार्न सक्छ। हामी मानिसहरूका र्तकहरू नाश गर्छौं।

Interlinear

Choose Theme