सानो बालक दिनप्रति दिन बढदै गए। उनी बलियो हुँदै गए अनि ज्ञानले भरिए। परमेश्वरको अनुग्रह तिनको साथ थियो।
Cross references
यसरी त्यस स्त्रीको एउटा छोरो जन्मियो। तिनले उसको नाउँ शिमशोन राखिन्। शिमशोन हुर्किए अनि परमप्रभुले तिनलाई आशिष दिनुभयो।
तर शमूएलले एउटा सहयोगीको रूपमा परमप्रभुको सेवा गर्थ्यो। शमूएलले एउटा विशेष प्रकारको मलमलको पोशाक लगाउथ्यो जसलाई एपोद भनिन्छ।
बालक शमूएल भने दिन दिनै ठूलो हुँदै गयो। उसले परमेश्वर र मानिसहरूलाई प्रसन्न पार्थ्यो।
शमूएल अझ ठूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झूटो हुने मौका दिनुभएन।
हे परमेश्वर, सत्य हो भनि तपाईं मात्र एकजना हुनुहुन्छ जसमाथि म आश्रित हुन्छु। तपाईंले म जन्मेको दिनदेखि नै मेरो खुबै हेरचाह गर्नु भएकोछ। जब म दूध चुस्ने बालकै थिएँ तपाईंले मलाई आश्वसन र सान्त्वना दिनुभयो।
तपाईं सबै भन्दा असल हुनुहुन्छ। तपाईं एकदम योग्य वक्ता हुनुहुन्छ। यसकारण परमेश्वरले सदा-सर्वदा तपाईंलाई आशिष दिऊन्!
यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढने छ।
हामीले घोषणा गरेका कुराहरू वास्तवमा कसले विश्वास गर्छ? वास्तवमा कसले परमप्रभुको दण्डलाई स्वीकार गर्दछ?
यसरी नै ती बालक बढदै गए र आत्मामा शक्तिमान हुँदै गए। जबसम्म इस्राएलमा मानिसहरूलाई शिक्षा दिन तिनी आएनन् त्यत्तिबेला सम्म यूहन्ना मानिसहरूदेखि टाडा भएर बसे।
ज-जसले उहाँलाई सुने उहाँको समझ र उत्तरहरूमा छक्क परिरहेका थिए।
येशू शारीरिक रूपमा र बुद्धिमा बढदै हुनुहुन्थ्यो अनि परमेश्वर र मानिसहरूबाट अनुग्रह पाइरहनु भएको थियो।
वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।
प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठूलो शक्तिसंग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो।
मेरो पत्रको अन्तमा म भन्छु, प्रभुमा र उहाँको महान शक्तिमा दृढ बन।
म तिमीहरूलाई दृढ र प्रेमले संगठित बनाउन चाहन्छु म तिमीहरुलाई दरिलो विस्वास मा धनिबनाउन चाहनुहुन्छ। जुन समझदारीबाट आउँदछ। मेरो भन्नुको तात्पर्य हो परमेश्वरले प्रकट गरेको गोप्य सत्य तिनीहरूले पूर्णरूपले जान्नु पर्छ। त्यो सत्य ख्रीष्ट संयम हुनुहुन्छ।
तिमोथी! तिमी मेरो छोरो जस्तो हौ। ख्रीष्ट येशूमा भएको हाम्रो अनुग्रहमा दृढ बन।