अनि येशू आउँदै गरेको ठाँउ पुग्नु तिनी अघि दौडे। तिनी नेभाराको रूखमा चढे जहाँबाट तिनले येशूलाई देख्न सक्थे।
Cross references
राजाले इस्राएललाई एउटा धनी देश बनाए। यरूशलेम शहरमा चाँदी, चट्टान जस्तैं सामन्य थियो अनि देवदारको काठ निम्ति भूमितिर उगने प्रशस्त अञ्जीरको रूख जस्तैं सामान्य थियो।
गेदेरका बाल हानान पश्चिमी पहाड देशका भद्राक्ष अनि अञ्जीरको बृक्षहरूकाजिम्मावाला थिए। योआश भद्राक्षको तेलको भण्डारको जिम्मावाला थिए।
परमेश्वरले तिनीहरूको अङ्गुरहरू असिनाद्वारा नष्ट गराउनु भयो। अनि हिम वर्षाद्वारा तिनीहरूको राम्रो अङ्गुरको झ्याँङ्गहरू नष्टपार्नु भयो।
“ती ईटाहरू झर्न सक्छन, तर हामी फेरि निमार्ण गर्नेछौ। अनि हामी पक्का ढुङ्गाले निमार्ण गर्नेछौ। यो मसिना रूखहरू काटेर ढाल्न सकिन्छ। तर हामी नयाँ रूखहरू रोप्ने छौं।”
तब आमोसले अमस्याहालाई जवाफ दियो, “म पेशागत अगमवक्ता होइन र म राजाको अगमवक्ता होइन। म एउटा गोठालो हुँ अनि अञ्जीर र नेभाराका रूखहरुरूँग्ने मानिस हुँ।
तर त्यहाँ मानिसहरूको त्यत्ति भीड थियो कि येशू भएकहाँ पुग्नलाई बाटो थिएन। त्सकारण ती मानिसहरू घरको छानामाथि चढे अनि केही झिंगटीहरू हटाएर प्वालबाट त्यो विमारी मानिसहरूलाई उसको खाटसँगै भीडको बिचमा र येशूको अघि ओह्याले।