लूका 18:41 · नेपाली बाइबल
“तिमीले मबाट के गरिदिएको चाहन्छौ ?”त्यो अन्धो मानिसले भन्यो, “हे प्रभु म फेरि देख्न चाहन्छु”
Cross references
1 राजा 3:5
सुलेमान गिबोनमा भएको समयमा राति सपनामा परमप्रभु उनकहाँ देखा पर्नुभयो। परमेश्वरले भन्नुभयो, “तँलाई जे चाहिन्छ भन्। म तँलाई त्यो दिनेछु।”
मत्ती 20:21
येशूले सोध्नुभयो, “तिमी के चाहन्छौ?”उनले भनिन्, “तपाईंको राज्यमा यी मेरा छोराहरूमध्ये एकजनालाई तपाईंको दहिनेहातपटि र अर्कोलाई तपाईंको देब्रे हातपट्टि बस्न पाउन प्रतिज्ञा गर्नुहोस्।”
रोमी 8:25
तर हामी केही चीजको आशा गरिरहेछौं जुन हामीले अहिले सम्म पाएका छैनौं। हामीले ठुलो धैर्यसित त्यो र्पखिरहेका छौं।
फिलिप्पी 4:6
कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ।