Home Bibles ☰ Books लूका 17:34 · नेपाली बाइबल
लूका 17:34 · नेपाली बाइबल

त्यसबेला एउटा पलङ्गमा दुइजना मानिसहरू एक साथ सुतिरहेका हुनेछन्, एकजनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ।

Cross references

भजनसंग्रह 26:9

हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्। ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्।

भजनसंग्रह 28:3

हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्। तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”शब्दसँग स्वागत गर्दछन, तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।

यशैया 42:9

शुरूमा नै केही घटना हुनेछ भनेर भनी सकेको थिए अनि ती घटनाहरू भए। अनि अब, यी घटनाहरू हुनु अघि नै केही कुराहरू म तिमीहरूलाई बताउनेछु जुन भविष्यमा हुनेछ।”

यर्मिया 45:5

परमप्रभुले भन्नुभयो, बारूक तिमीले आफ्नै लागि ठूलो कुरा खोजिरहेका छौ। तर ती चीजहरू नखोज किनभने म सम्पूर्ण मानिसहरूमाथि भयानक कष्ट ल्याउनेछु।’ परमप्रभुले यी कुराहरू भन्नुभयो। ‘तिमी धेरै ठाउँमा जानु पर्नेछ। तर तिमी जहाँ जान्छौ म तिमीलाई बाँच्ने मौका दिन्छु।”‘

इजकिएल 9:4

तब परमप्रभुले उसलाई भन्नुभयो, “यरूशलेम शहरबाट भएर जाऊ। त्यो शहरमा मानिसहरू तिनीहरूप्रति गरिएको डरलाग्दो चीजहरूको विषयमा दुखी छन् अनि आपतमा छन्, तिनीहरू प्रत्येकको निधारमा एउटा चिन्ह लगाई देऊ।”

मलाकी 3:16

परमेश्वरका भक्तहरूले एक-अर्कामा कुरा गरे जुन परमेश्वरले सुन्नुभयो। उहाँसंग एउटा पुस्तक छ जुन पुस्तकमा परमेश्वरका भक्तहरूको नाउँ छन् ती उनीहरू नै हुन् जसले परमेश्वरको नाउँको सम्मान गर्छन्।

मत्ती 24:25

हेर, मैले अधिबाटै यस बारेमा तिमीहरूलाई सर्तक गराएकोछु।

मत्ती 24:40

दुइजना मानिसहरू खेतमा काम गरिरहेका हुनेछन्। एकजनालाई उठाइने छ र अर्कोलाई छोडिइनेछ।

मर्कूस 13:23

यसकारण होशियारी बन। यी सब हुन अघि नै मैले सर्तक गराएको छु।

मर्कूस 14:29

पत्रुसले भने, “यदि सबैले आफ्नो विश्वास हराए पनि म कहिल्यै मेरो विश्वास हराउने छैन।”

लूका 13:3

होइन, तिनीहरू त्यस्ता थिएनन्। तर तिमीहरूले पनि आफ्नो हृदय र जीवन परिवर्त्तन गरेनौ भने तिमीहरू पनि सर्वनाश हुनेछौ।

लूका 13:5

तिनीहरू त्यस्ता थिएनन्। तर म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले आफ्नो हृदय र रहन सहन परिवर्तन गरेनौ भने तिमीहरू पनि त्यसरी नै नाश हुनेछौ?”अनुपयोगी रुख

लूका 13:24

“साँघुरो ढोकाबाट नै पस्ने धेरै कोशिस गर, किनभने यही स्वर्गको बाटो हो। धेरै मानिसहरू त्यहाँबाट पस्ने कोशिस गर्छन्, तर कोही पनि सफल हुन सक्तैन।

रोमी 11:4

तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भनन्नुभयो, “मैले अझ सम्म मलाई पुज्न सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।”

1 थिस्सलोनिकी 4:16

परमप्रभु स्वयं स्वर्गबाट आउनु हुनेछ। त्यसबेला एउटा ठुलो आवाजमा आदेश सुनिनेछ। आदेश प्रधान स्वर्गदूतकोस्वरमा र परमेश्वरको तुरहीको स्वरमा हुनेछ। अनि अघि जो मरेकाछन् अनि ख्रीष्टमा थिए, पहिला उठ्ने छन्।

Interlinear

Choose Theme