यो पनि लूतको समय जस्तै हुनेछ जब परमेश्वरले सदोमको सर्वनाश गर्नुभयो। ती मानिसहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, विक्री गर्दै थिए, रोप्दै थिए अनि आफ्नै लागि भवनहरू बानउँदै थिए।
Cross references
सदोमका मानिसहरू परमप्रभुको नजरमा अत्यन्तै दुष्ट थिए।
तब परमप्रभुले भन्नुभयो, “मैले धेरै पल्ट सुनेकोछु सदोम र गमोराका मानिसहरू साह्रै दुष्ट छन्।
साँझमा दुइजना स्वर्गदूतहरू सदोम शहरमा आए। त्यस बेला लूत सदोमको फाटकमा बसिरहेका थिए। लूतले स्वर्गदूतलाई देखेर भेट्न गए। तब लूतले तिनीहरूको सामुन्ने निहुरेर दण्डवत् गरे।
परमप्रभुले भन्नुभयो, “तिम्रो बहिनी सदोम अनि उसको छोरीहरू घमण्डी थिए। तिनीहरूसित आवश्यकता भन्दा ज्यादा खाने कुरा थियो अनि तिनीहरूसित समय पनि ज्यादा थियो। तिनीहरूले दीन अनि असहाय मानिसहरूलाई सहायता गर्दैनथिए।
तिमी धनी मानिसहरू, सुन! विलाप गर अनि अत्यन्त शोकाकुल बन किनभने तिमीहरूमाथि अनेक आपतहरू आई पर्नेछ।