त्यस्तै प्रकारले म भन्दछु, तिमीहरूलाई स्वर्गमा अति आनन्द हुन्छ जब एउटा पापीले आफ्नो हृदय परिवर्तन गर्छ अनि अन्य उनान्सय धार्मिक मानिसहरूले आफ्नो हृदय परिवर्त्तन गर्नु कुनै आवश्यक पर्दैन।
Cross references
केहि मानिसहरू आफैंलाई शुद्ध सम्झिन्छन्। तर वास्तवमा तिनीहरू आफ्नो फोहोरबाट सफा भएका हुदैनन्।
अनि जब उसले हराएको भेंडा भेट्टाउँछ तब ऊ आफूसित भएका 99 वटा भेंडामा भन्दा त्यो एउटा भेंडा पाएर रमाउनेछ। म तिमीहरूलाई साँचो भन्दछु।
म धार्मिक मानिसहरूलाई बोलाउनु आएको होइन, म त पापीहरूलाई तिनीहरूका हृदय र रहन सहन परिवर्तन गर भनी अह्राउनु यहाँ आएको हुँ।”
त्यसरी नै, म भन्दछु, जब एकजना पापीले आफ्नो हृदय परिवर्तन गर्छ भने परमेश्वरको दुतहरूको अघि खुशी छाउँछ।”
त्यो छोरोले बाबुलाई भन्यो, मैले यत्रो र्वषसम्म नोकर झै तपाईंको सेवा गरें। मैले सधैं तपाईंको आज्ञा पालन गरें। तर मेरो निम्ति तपाईंले एउटा सानो पाठो सम्म दिनु भएन ताकि म मेरा मित्रहरूसंग भोज मनाउँन सक्थें।
हामी सबै खुशी होऊ र भोजन गरौं। किनभने तिम्रोभाई मरेको थियो अनि जिउँदो फर्की आएको छ। ऊ हराएको थियो तर अहिले पाइएको छ।”‘
येशूले ती फरिसीहरूलाई भन्नुभयो, “तिमीहरू मानिसहरूको अघि भलादमीको स्वभाव देखाँउछौ। तिमीहरू भित्र के छ परमेश्वर जान्नु हुन्छ। जुन कुरो मानिसको लागि मूल्यवान छ परमेश्वरको निम्ति त्यसको केही मूल्य छैन।
कतिजना मानिसहरूले सोचे कि तिनीहरू खुबै असल छन्। तिनीहरूले प्रत्येकलाई हेला गर्छन्। येशूले भयोः
एक समय म व्यवस्था बिना नै जीवित थिएँ। तर जब आज्ञ आयो, पापले जीवन पायो।
म यहूदी धर्मको कट्टर सर्मथक थिएँ। मैले मण्डलीलाई खेदो गरें। मैले जुन प्रकारले मोशाको व्यवस्था पालन गरें त्यसमा कसैले भूल भेटन सक्दैनथे।