लूका 12:54 · नेपाली बाइबल
येशूले मानिसहरूलाई भन्नुभयो, “जब तिमीहरूले पश्चिममा बादल बटुलिंदै गरेको पाउनेछौ, तिमीहरू भन्छौ, आँधी-वेहरी आउनेछ।’ अनि यस्तै हुन्छ
Cross references
1 राजा 18:44
सातौं पटक सेवक फर्कियो अनि भन्यो, “मैले मानिसको मुठ्ठीको आकार जस्तैं सानो बादल देखें। बादल समुद्रबाट आउँदै थियो।”एलियाले सेवकलाई भने, “राजा आहाब कहाँ जा अनि उनलाई आफ्नो रथ लिनु अनि अहिले घर जानु भन। यदि उनी अहिले जाँदैनन् भने पानीले उनलाई रोक्नेछ।”
मत्ती 16:2
येशूले भन्नुभयो, “जब तिमीहरूले सूर्यास्त भएको देख्छौ, तिमीहरू भन्छौ, आकाश रातो छ, मौसम राम्रो हुनेछ।’