लूका 12:26 · नेपाली बाइबल
यदि तिमीहरू स-साना कुराहरू नै गर्न सक्दैनौ भने ठूलो विषयको किन फिक्री गर्छौ?
Cross references
भजनसंग्रह 39:6
हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो। हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं, तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।
उपदेशक 7:13
परमेश्वरद्वारा सृजित वस्तुहरू हेर। यदि परमेश्वरले केही कुरा बाङ्गो बनाउनु भएको छ भने तिमीले त्यसलाई सोझो बनाउन सक्ने छैनौ।
लूका 12:29
त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर।
1 पत्रुस 5:7
जब उहाँले तिमीहरुको हेरचाह गर्नुहुन्छ तिमीहरुको चिन्ता सब उनको अघाडी सुम्पिदेऊ।