Home Bibles ☰ Books लूका 11:46 · नेपाली बाइबल
लूका 11:46 · नेपाली बाइबल

येशूले उत्तर दिनुभयो, “धिक्कार तिमी व्यवस्थाका शास्त्रीहरूलाई तिमीहरू मानिसहरूलाई यी नियम पालन गर्नु वाध्य गराउँछौ। तर तिमीहरू आफै भने ती नियमहरू पालन गर्ने चेष्टा समेत गर्दैनौ।

Cross references

यशैया 10:1

कानून बनाउनेहरूलाई हेर। तिनीहरू कुटिल कानूनहरू लेख्दछन्। कानूनहरूले अन्यायपूर्ण फैसला दिन्छन्।

यशैया 58:6

“म कुन प्रकारको विशेष दिन चाहन्छु, भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन्। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई संकटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ।

मत्ती 23:2

“कानूनका शास्त्रीहरू र फरिसीहरूलाई मोशाको नियमको विषयमा शिक्षादिने अधिकार छ।

लूका 11:45

व्यवस्थाका शास्त्रीहरू मध्ये एक जनाले येशूलाई भने, “हे गुरु जब तपाईं ले यी कुराहरू गर्नुहुन्छ, तपाईंले हामीलाई पनि निन्दा गर्नु हुदैंछ।”

लूका 11:52

“धिक्कार तिमी व्यसथाका शास्त्रीहरू! परमेश्वरको ज्ञानको कुराहरूको चाबी तिमीहरूले लगेका छौ। तिमीहरू आफैले सिकेनौ, अनि अरूहरूलाई सिक्नु पनि वाधा गर्यौ।”

गलाती 6:13

जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफै व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफुमा गर्व गर्छन्।

Interlinear

Choose Theme