त्यसपछि येशूलाई पवित्र आत्माले अत्यन्त खुशी बनायो। उहाँले भन्नुभयो, “हे पिता! स्वर्ग र पृथ्वीका परमप्रभु! म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रसंशा गर्छु कि बुद्धिमान र समझदार मानिसहरूबाट तपाईंले यी कुराहरू लुकाएर राख्नु भएको छ। तर तपाईंले यी कुराहरू ती बालकहरू सरहका सरल मानिसहरूमा देखाइदिनु भयो। हो पिता, तपाईंले यसो गर्नुभयो किनभने त्यो तपाईंको रूचि थियो।
Cross references
परमेश्वरले धूर्त र दुष्टहरूका युक्तिलाई विफल पारिदिनु हुन्छ, यसकाण तिनीहरूले सफलता पाउँदैनन्।
साना केटाकेटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ। तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ, जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ।
पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्। यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्।
परमप्रभुले आफ्ना गुप्त कुराहरू आफ्ना भक्तजनहरूलाई भन्नुहुन्छ। उहाँले आफ्नो करारहरू तिनीहरूलाई सिकाउनु हुन्छ।
यसैले म तिनीहरूलाई लगातार प्रभाव पूर्ण र अचम्म लाग्दा कामहरू गरेर चकित पारिरहन्छु। तिनीहरूका ज्ञानी मानिसहरूले आफ्ना विवेकहरू हराउनेछन्। तिनीहरूमा बुझ्ने क्षमता हुँदैन।”
बहिराले पुस्तकको शब्दहरू सुन्नेछ। अन्धाले अन्धकारमय कुहिरोबाट देख्नेछ।
त्यसबेला, त्यहाँ एउटा मुलबाटो बनिनेछ र त्यसलाई “पवित्र मार्ग” भनिनेछ। दुष्ट मानिसहरूलाई त्यहाँ हिंड्ने अनुमति दिइने छैन्। कुनै मूर्ख त्यस बाटोबाट हिंड्न पाउने छैन्। खाली असल मानिसहरू त्यस मार्ग भएर हिँड्ने छन्।
मनमा उ कैयौं कुराहरूबाट पीडित हुनेछ तर उसले हुने असल कुराहरू देख्नेछ। उसले सिकेका कुराहरूबाट उ सन्तुष्ट हुनेछ। मेरो धर्मी दासले धेरैलाई दोषी बनाउनेछैन, उसले तिनीहरूका दोष बोकी लानेछ।
जब कुनै जवान मानिसले एउटी स्त्रीलाई प्रेम गर्दछ, उसले त्यही स्त्रीलाई विवाह गर्छ। यस्तै प्रकारले, तिमीहरूका उद्धारक नै तिमीहरूका स्वामी पनि हुनु हुनेछ। एकजना मान्छे आफ्नी नयाँ दुलहीसँग अति खुशी हुँदछ। यस्तै प्रकारले तिम्रो परमेश्वर तिमीसँग खुशी हुनुहुनेछ।”
परमप्रभु भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरो पाउदान हो। यसर्थ, के तिमीहरू मेरा निम्ति एउटा घर बनाउन सक्छौ? अहँ! तिमीहरूले सक्तैनौ। के तिमीहरू मेरो आरामकोलागि एउटा जग्गा बनाउनु सक्छौ? अहँ!
परमप्रभु तिम्रो परमेश्वर तिम्रो साथमा हुनुहुन्छ। उहाँ एकजना शक्तिशाली सैनिक जस्तै हुनुहुन्छ। उहाँले तिम्रो रक्षा गर्नु हुनेछ। उहाँले तिमीलाई कति प्रेम गर्नु हुन्छ सो उहाँले देखाउनु हुन्छ। तिमीसित उहाँ कति प्रसन्न हुनुहुन्छ। उहाँ हाँस्नु हुनेछ अनि तिम्रो बिषयमा अतिनै प्रसन्न रहनुहुनेछ।
त्यसपछि येशूले भन्नुभयो, ‘हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्।
येशूले जवाफ दिनुभयो, ‘स्वर्गको राज्यको सत्यरहस्यहरूको बारेमा तिमीहरूले मात्र बुझ्नसक्छौ। तर अरूहरूले ती जान्नसक्दैनन्।
येशूले भन्नुभयो, “तिमी धन्य हौ, हे योनाको छोरो शिमोन। कुनै पनि मानव जातिले तिमीलाई यो सिकाएको होइन। स्वर्गमा भएका मेरा पिताले तिमीलाई प्रकाश गरिदिनुभएको हो।
मुख्य पूजाहरीहरू र शास्त्रीहरू येशूलाई सोधे, “बालकहरूले के भनिरहेका छन् तपाईंले सुन्नु भो?”येशूले जवाफ दिनुभयो, “अवश्य। के तिमीहरूले कहिले धर्मशास्त्रहरूमा पढेका छैनौ? ‘उहाँले बालकहरूलाई स्तुति गर्न सिकाउनु भयो?’“
म तिमीहरूलाई साँचो भन्दछु। तीमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्नै पर्दछ, जसरी सो दिइएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिल्यै त्याहाँ पस्न पाउने छैनौ।”
अनि जब उसले हराएको भेडा पाउँछ ऊ अति खुशी हुन्छ। त्यो मानिसले भेडालाई आफ्नो काँधमा बोकेर ल्याउनेछ।
अनि जब उसले त्यो हराएको सिक्का पाउँछे, उसले आफ्नो साथीहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, मानिस खुशी होऊ किनभने मैले हराएको सिक्का पाएँ।’
तब तिनीहरूले प्रवेशद्वारको ढुंगा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु।
“पिता, म जहाँ हुन्छु तिनीहरू, जो तपाईंले मलाई दिनु भएकोछ, मसंग नै होऊन। म यो इच्छा गर्छ तिनीहरूले मेरो महिमा देखुन्। यो महिमा तपाईंले मलाई दिनुभएको हो किनभने संसार बनिनु भन्दा अगाडि तपाईंले मलाई प्रेम गर्नु हुन्थ्यो।
परमेश्वर विश्वास योग्य हुनुहुन्छ। एक उनै हुन् जसले तिमीहरूलाई आफ्ना पुत्र येशू ख्रीष्ट, हाम्रा प्रभुसित संगत गर्नु बोलाउनु भएकोछ।
पाको भएका मानिसहरूलाई हामी ज्ञान दिंदछौं। तर हामी जुन ज्ञान सिकाउछौं सांसारिक ज्ञान होइन। यो यस संसारका शासकहरूको ज्ञान पनि होइन।
कसैले आफैलाई धोका नदिवोस्। यदि तिमीहरू मध्ये कसैले यस संसारमा आफूलाई ज्ञानी संझन्छ भने मूर्ख बन्नु पर्छ तब मात्र उ साँच्चिकै ज्ञानी बन्न सक्छ।
हामीले प्रचार गरेको सुसमाचार लुकेको होला तर यो तिनीहरूकै लागि लुकेको हो जो अल्मलिएका छन्।
अनि संसारको सृष्टि हुनु भन्दा पहिल्यै परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्ना बालकहरू बनाउने निश्चय गर्नुभयो। यो उहाँको इच्छा थियो। यसैमा उहाँ प्रसन्न हुनुहुथ्यो।
परमेश्वरको जन बन्न ख्रीष्टमा हामी छानिएकाछौं। उहाँको इच्छा र योजना अनुसार परमेश्वरले हामीलाई उहाँको मानिस बनाउन चाहानु हुन्थ्यो। उहाँले प्रत्येक चीज नै आफ्नो इच्छासँग मिल्ने बनाउँनु हुन्छ।
म तिमीहरूलाई दृढ र प्रेमले संगठित बनाउन चाहन्छु म तिमीहरुलाई दरिलो विस्वास मा धनिबनाउन चाहनुहुन्छ। जुन समझदारीबाट आउँदछ। मेरो भन्नुको तात्पर्य हो परमेश्वरले प्रकट गरेको गोप्य सत्य तिनीहरूले पूर्णरूपले जान्नु पर्छ। त्यो सत्य ख्रीष्ट संयम हुनुहुन्छ।
यसर्थ, अरुलाई चोट पुर्याउने केही कुरा पनि नगर, झूटो नबोल, कपटी नबन, इर्ष्या नगर, अर्काको निन्दा नगर. यी सब कुराहरु तिमीहरुको जीवनबाट हटाऊ।