Home Bibles ☰ Books लूका 1:63 · नेपाली बाइबल
लूका 1:63 · नेपाली बाइबल

जकरियाले केही लेख्न पाटी माँगे। तब उसले लेखिदिए, “उसको नाउँ यहून्ना हो।” तिनीहरू छक्क परे।

Cross references

हितोपदेश 3:3

प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथी गलामा लगाई राख्।

यशैया 30:8

अब संकेतको रूपमा यो लेख, ताकि सबै मानिसहरूले यो देख्न सकुन्। अनि यो एउटा पुस्तकमा लेख। यो लिखित रूपमा अन्तिम दिनको लागि राख। यो निकट अगमवमा साक्षी बनिनेछ।

यर्मिया 17:1

“यहूदाका मानिसहरूका पापहरू तिनीहरूका हृदयको पाटीमा अनि तिनीहरूका वेदीको सिँगहरूमा तिखो फलामले लेखिएको थियो।

हबकूक 2:2

परमप्रभुले मलाई उत्तर दिनुभयो, “तिमीलाई जुनकुरा दर्शाउँछु त्यसलाई राम्रोसित लेख। यो वचन सफा र प्रष्टसंग लेख कारण अरु मानिसहरुले पनि हेरेर पढ्न सकुन्।

लूका 1:13

ती स्वर्गदूतले जकरियालाई भने, “जकरिया, नडराऊ। तिम्रो प्रार्थनालाई परमेश्वरले सुनिदिनु भएकोछ। तिम्री पत्नी इलीशिबाले एउटा पुत्र जन्म दिनेछन्। उनको नाउँ तिमीले यूहन्ना राखिदिनु।

लूका 1:60

तर उसकी आमाले भनिन्, होइन, उसको नाउँ यूहन्ना हुनेछ।”

Interlinear

Choose Theme